रौतहट, भदौ ०९ गते ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका वडाअध्यक्ष श्याम किशोर साहमाथि लगाइएको विभिन्न आरोपहरु राजीनीतिक प्रतिशोत साध्न कै लागि लगाइएको वडा अध्यक्ष साहले बताएका छन । केहि दिन अगाडी देखी वडा अध्यक्ष साहमाथि एक स्थानीय महिलाले यौन शोषणको गम्भीर आरोप लगाएकी थिइन ।
वडाध्यक्ष साहले यी आरोपलाई पूर्ण रूपमा झुठा तथा निराधार रहेको बताएका हुन । उनले यसलाई एक राजनीतिक षड्यन्त्रको हिस्सा मात्र भएको दाबी गर्दै आरोपको खण्डन गरेका छन । उनका अनुसार, “म माथि लगाइएको आरोप झुठो हो, यसलाई बनावटी रूपमा प्रस्तुत गरिएको छ। मलाई बदनाम गर्न खोजिएको छ, र यो सबै केवल राजनीतिक प्रतिशोत साध्न तथा केहि राजनीतिकर्मिहरुले आफ्नो व्यतिगत फाइदाको लागि गरिएको षड्यन्त्र रहेको बताएका हुन ।”
साहले यस घटनालाई ब्ल्याकमेलिङको प्रयासको रूपमा हेरेका छन्। उनका अनुसार, अरूको अडियो रेकर्ड गरी त्यसमा उनको नाम थपेर चरित्र हत्या गर्न खोजिएको तथा म माथि लगाइएको आरोप शतप्रतिशत झुठो र निराधार रहेको उनले बताए ।
वडाअध्यक्ष साहले ती महिलाको आचरणप्रति प्रश्न उठाउँदै भने, “महिला आफैं समाजमा सही आचरण नभएकी र एक असल व्यक्तित्व भएको पुरुषको जीवनसँग खेलवाड गरेको महसुस गरेको छु।” साहको दाबी अनुसार, यस घटनाले उनको व्यक्तिगत र सामाजिक जीवनमा ठूलो धक्का पुर्याएको छ। उनले भने, “म आफ्नो चरित्रमाथि लागेको यस प्रकारको झुठो आरोपले अत्यन्तै दुखी र निराश भएको छु। यसले मेरो सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको छ।”
वडाध्यक्ष साहका अनुसार, आरोप लगाउने महिला र अन्य केही व्यक्तिहरू मिलेर यो षड्यन्त्र रचेको हो। “यो सबै आरोप मेरो राजनीतिक छवि धूमिल पार्न र मलाई कमजोर बनाउन गरिएको छ। म यी आरोपहरूको कडा खण्डन गर्दछु र सत्यको जीत अवश्य हुनेछ भन्ने विश्वास गर्दछु। “यससँगै वडाध्यक्ष साहले आफूलाई निर्दोष सावित गर्न कानुनी कदम चाल्ने संकेत दिएका छन्। “म यो झुठो आरोपलाई कानुनी रूपमा चुनौती दिनेछु र सत्य बाहिर ल्याउन पछि नहटने अठोट गरेको छु” ।
वडाध्यक्ष साहले आफ्ना सम्पूर्ण शुभचिंतकहरुलाई शान्त र संयमित रहन आग्रह गर्दै म माथि लगाइएको झुठो आरोपको वास्तविकता छिट्टै बाहिर आउने तथा न्याय प्रणालीमा विश्वस्त रहेको बताउदै यस्ता झुठा आरोपबाट चाँडै मुक्त हुने आफु विस्वस्त रहेको बताए। साथै उनका समर्थकहरूले यस घटनालाई राजनीतिक षड्यन्त्रको रूपमा देखिरहेका छन् भने अन्य केहीले यस विषयमा विस्तृत छानबिनको माग समेत गरेका छन ।