Breaking News
समाजसेवी यादवद्वारा जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयाेग।

समाजसेवी यादवद्वारा जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयाेग।

रूपेश यादव ।

राैतहट, असाेज १६ गते ।
राैतहट । आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना बाबुहरूसँग खुशी सट्टासट्टा गर्न सौभाग्य प्राप्त भएको बुझिछ।

जिल्लाकाे फतुवा बिजयपुर नगरपालिका वडा नं २ सितलपुर निवासी युवा समाजसेवी बिपन्न यादवले आफ्नो जन्मदिनकाे अवसरमा अनाथ बालबालिकाहरू लाई उहाँहरूको लागि केही गर्न त सकेको छैन, मात्र एकछिन सबैलाई खुशी पार्न सानो प्रयास स्वरूप चिउरा ,चकलेट,बिस्कुट लगायत अन्य खाद्यान्न सामाग्री सहित शैक्षिक समाग्रीहरू पनि टुहुरा बालबालिकाहरूको जीवनमा केही पल राम्रोसँग बिताेस भने उदेश्य रहेकाेले आज बुधबारका दिन एक कार्यक्रमका बिच अनाथालयमा पुगेर टुहुरा बाबुहरूको अनुहारमा अलिकति भएपनि खुशी ल्याउने प्रयासको साथ समाजसेवी यादवले ती सामाग्रीहरू आफै पुगेर अनाथालयका संस्थापक बंशिराम जयसवाललाई हस्तान्तरण गरेका हुन ।

टुहुरा बालबालिकाहरू सहयाेग थाेरै भए पनि उनीहरूकाे मनाेबल बडाउन सहयोग पुगने यादवकाे भनाई छ।
यस्ता कार्य प्रति अनाथलयका संस्थापक जयसवालले धन्यवाद ज्ञापन गरेका हुन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*