आरएन पटेल ।
असोज १६ गते ।
कटहरिया नगरपालिकाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं १ भसेढ़वा र वडा नं ४ हर्षाहाका अति प्रभावित बाढी पिड़ित परिवारहरूलाई राहत वितरण गरिएको छ ।

बितेको ३ दिन सम्म परेको अबिरल बर्षा तथा लालबकैया नदीमा आएको बाढ़ीको कारण पालिकाको विभिन्न वडाहरुमा धेरै मानिसहरु घरबिहिन हुन पुगेका थिए । धेरै जनाको घर, पशुचौपाया लगायत धानबाली नष्ट गरेर समस्या पुरयाएको हो । धेरै किसानहरुका बालीनाली पूर्ण रूपमा क्षतिग्रस्त भएका छन ।
नगर प्रमुख अजय प्रकाश जयसवालले बाढ़ीबाट पिडित आफ्ना नगर क्षेत्रका किसानहरु मध्येबाट बुधबार पालिकाको वडा नं १ भसेढ़वाका करिब १ सय ५० तथा वडा नं ४ हर्षाहाका २ सय ५० अति प्रभावित बाढी पिड़ित परिवारहरूलाई राहत स्वरूप १ बोरा चामल, दाल र त्रिपाल लगायतका सामग्रीहरु वितरण गरेका छन ।

राहत वितरण कार्यक्रमको क्रममा उनले पीडित परिवारहरूलाई तत्कालको सहायताका लागि यो पहल गरिएको बताएका छन् । यससँगै उनले किसानहरूको बालीनालीको क्षति सम्बन्धित निकायसम्म पुर्याई उचित क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता पनि जनाएका छन् । बाढ़ीका कारण किसानहरू कृषि उत्पादन गुमाएर आर्थिक समस्यामा पर्नुका साथै यस क्षेत्रमा वर्षाको कारण धेरै किसानको जग्गामा लगाइएको धान, मकै लगायतका बालीनालीमा ठूलो नोक्सानी भएको बताएका छन ।

उनले बाढीका कारण बालीनाली क्षतिग्रस्त भएका किसानहरूको क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको र चाँडै राहतका कार्यक्रमहरु थप प्रभावकारी बनाइने बताएका छन । यसका साथै, नगरपालिकाले विपद् व्यवस्थापनको योजना अनुसार आगामी दिनमा बाढी प्रभावित क्षेत्रका लागि दीर्घकालीन योजना समेत कार्यान्वयन गर्ने उनले बताए । स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था निरीक्षण गरी तत्कालीन राहत तथा पुनर्स्थापनाका लागि अन्य थप कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको र यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट थप सहयोगको माग समेत गरिएको बताएका छन ।
त्यस्तै नगर प्रमुख जयसवालले यस अघि पनि सोहि पालिकाको वार्ड नं.२ जमुनिया छेदी चौक टोलका अति प्रभाावित ६१ परिवारलाई राहत सहयोग गर्नु भएको थियो । दुःखको बेला सहयोग पाएका गरिब पिड़ित परिवारबाट यति खेर नगर प्रमुख जयसवाल माया, स्नेह र आशिर्वाद बटुलिरहेका देखिन्छन ।

Sthaniya News
