Breaking News
रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधाम हुदै ।

रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधाम हुदै ।

आरएन पटेल ।
मंसिर ८ गते ।
रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधम भइरहेको देखिएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुरमा पनि पञ्चवर्षिय गढीमाई मेला लाग्ने भएको छ ।

जिल्लाको माधव नारायण नगरपालिका -६ माधोपुरबाट पश्चिम जाने बाटोमा रहेको गढीमाई मन्दिरमा यस वर्ष पञ्चवर्षीय गढीमाई मेला तेस्रो पटक लाग्ने आयोजकले जनाएको छ।


गढीमाई सेवा समिति माधोपुरको आयोजकत्व एवं माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षता तथा वडा नं. ६ माधोपुरका वडा अध्यक्ष राम नरेश राय यादवको सहयोगमा यस वर्ष पुनः गढ़ीमाई मेलाको आयोजन गरिएको वडा अध्यक्ष राम नरेश राय यादवले जानकारी गराएका छन । बिगत १५ वर्ष देखी लाग्दै आएको रौतहटको माधोपुर गढीमाई मन्दिरको मेला यस वर्ष तेस्रो पटक यही मङसिर २० गतेदेखि मङसिर २४ गते सम्म लाग्ने गढीमाई सेवा समिति माधोपुरले जानकारी दिएका हुन । पाँच वर्षपछि लाग्न थालेको गढीमाई मेलाको तयारी तिव्र रुपमा अगाडि बढाइएको छ । मेलाका लागि टेन्ट पण्डाल तथा माटो पुर्ने कार्य लगायत वरिपरि सरसफाईको कार्य तीव्र गतिमा बढाईएको समितिले जनाएको छ।

माधोपुर गढीमाई मेलामा आउने दर्शनार्थी एवं भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मङसिर २० गते राती देखी २१ गते राती सम्मका लागि भारत बिहार सतपोखरियाको नामी नाच प्रोग्राम तथा २२ गते दिनमा नेपाल-भारतको नामी पहलवानहरूको दंगल कुश्ती एवं २२ गते रातीमा धार्मिक जागरण कार्यक्रमको व्यवस्थापन गरिएको समितिले जनाएको छ । साथै यस मेलामा राँगा बली २३ गते तथा खासी,बोका बली २४ गते निर्धारण गरिएको र यस वर्ष करिब ५ सय राँगा बली तथा २ हजार देखी २५ सय सम्म बोका बली दिईने अनुमान गरिएको छ ।

साथै एशियाकै दोस्रो विश्व विख्यात शक्तिपीठको रूपमा रहेको रौतहटको गढीमाई नगरपालिका अन्तर्गतको सुन्दरपुर गढ़ीमाई मेलामा नेपाल मात्रै नभई भारतसहित हिन्दुधर्म मान्नेहरूका लागि महत्त्वपूर्ण शक्तिपीठका रूपमा रहेको छ । गढ़ीमाई शक्तिपीठ पूजा अर्चना गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । बाराको बरियारपुरमा विश्वकै सबभन्दा ठूलो गढीमाई मेला लाग्ने गर्दछन् भने रौतहटको सुन्दरपुरमा बाराको बरियारपुरमा लाग्ने मेलापछिको दोस्रो ठूलो गढीमाई मेला लाग्ने गर्दछन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*