Breaking News
रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते ।

रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते ।

रौतहट, मंसिर १५ गते।
रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. ३ देवाही टोल बस्ने एक जना छोराले धारिलो हतियार प्रहार गरि आफ्नै ७० बर्षीय बुवालाई गम्भीर घाईते बनाएको छ ।

घरेलु धारिलो हतियार प्रहार गरि घाटी काटेर गम्भीर घाइते बनाएको छोरालाई ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले नियन्त्रणमा लिएको छ ।

देवाही टोल बस्ने ७० बर्षीय कंचन बैठालाई शनिवार आफ्नै ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाटीमा प्रहार गरि गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

बैठालाई घाटीमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाए पश्चात् चिन्ताजनक अवस्था रहेकोले उहाँलाई उपचारको लागि बिरगंज लगिएको छ भने छोरा रबिनलाई ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*