Breaking News
टाईमस अफ मधेसद्वारा अन्होतीलाल मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

टाईमस अफ मधेसद्वारा अन्होतीलाल मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

रौतहट
मंसिर ११ गते ।
रौतहटको परोहा नगरपालिका अन्तर्गतको श्री अन्होती लाल माध्यमिक विद्यालय बसन्तपट्टिको प्राङनमा टाईमस अफ मधेस द्वारा आयोजना गरिएको शिक्षाको महतत्व विषयक वक्तृतवकला प्रतियोगीता भव्यताको साथ सम्पन्न भएको छ । परोहा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री अन्होतिलाई माध्यमिक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्माका छात्र , छात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्षता विद्यालयका कुशल प्रधानाध्यापक यदुनी दासले गरेका थिए ।

प्रमुख अतिथिका रुपमा परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष रामविलास जैसवार उपस्थित भएका थिए । कृषक कृषि सहकारी संस्था लिमिटेड तथा सिद्वार्थ ट्रेडर्सको विशेष सहयोगमा आयोजना भएको उक्त वक्तृतवकला प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा पुर्व वडा अध्यक्ष जितेन्द्र कुमार पटेक , वडा अध्यक्ष प्रत्यासी युवा समाजसेवी जनमतका नेता अमित प्रसाद जयसवाल , इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाका इन्चार्ज रामअवध राय यादव , परोहा नगरपालिकाका शिक्षा विज्ञ सुदामा यादव तथा अतिथिका रुपमा कृषक कृषि सहकारी संस्थाका अध्यक्ष विरु पटेल , वडा सदस्यका प्रतिनिधि हरचन हजरा लगायतका उपस्थिती रहेको थियो । विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका १८ जना विद्यार्थीहरु सहभागी भएका सो वक्तृतवकला प्रतियोगितामा रौशनी कुमारी जयसवल प्रथम , संतोष महतो दोस्रो तथा दिपिका जयसवालले तेस्रो स्थान प्राप्त भएका थिए । हजारौको संख्यामा अभिभावक तथा विद्यार्थीहरु उपस्थिती रहेको वक्तृत्वकला प्रतियोगितालाई विद्यालयका लेखापाल चन्दन प्रसाद पटेलले सञ्चालन गरेका थिए। टाईमस अफ मधेसले आयोजना गरेको सो वक्तृत्वकला प्रतियोगितामा प्रथम , दोस्रो तथा तेस्रो हुने विद्यार्थीहरुलाई डायरी र कलम तथा सहभागी सम्पुर्ण विद्यार्थीहरु लाई कपि कलम विशिष्ट अतिथी अमित जयसवाल र सभा अध्यक्ष यदुनी दासले हस्तान्तरण गरेका थिए ।

विद्यार्थीहरुको मनोबल बढाउन तथा आउने दिनमा आयोजना हुने यस्ता कार्यक्रममा थप प्रभावकारीताको साथ आफ्नो प्रस्तुती दिन सकोस भन्ने उदेश्यका साथ आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सहभागी भइ कार्यक्रमलाई सफल बनाउन सहयोप पुर्याउनु भएकोमा सम्पुर्ण उपस्थित प्रमुख अतिथी ,विशिष्ट अतिथी , अतिथी , अभिभावक तथा जनसमुदाय लगयात सञ्चारकर्मीहरु ज्युलाई धन्यवाद दिदै कार्यक्रम आयोजक टाइमस अफ मधेसका प्रबन्ध निर्देशक चन्दन प्रसाद पटेललाई विशेष धन्यवाद दिदै सभा अध्यक्ष यदुनी दासले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*