Breaking News
रौतहटको हरैया गढ़ीमाई मेलाको राज्यमन्त्री विश्वकर्माद्धारा उदघाटन ।

रौतहटको हरैया गढ़ीमाई मेलाको राज्यमन्त्री विश्वकर्माद्धारा उदघाटन ।

आरएन पटेल ।
रौतहट, मंसिर १९ गते ।
रौतहटको गढ़ीमाई नपा-१ हरैया गढ़ीमाई मेलाको राज्यमन्त्री रूपा विश्वकर्माद्धारा भव्य उदघाटन कार्य सम्पन्न भएको छ । नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रहेकी माननीय रूपा विश्वकर्मा तथा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति माननीय कृष्णा प्रसाद यादवले संयुक्त रूपामा रौतहटको गढीमाई नगरपालिका वडा नम्वर १ हरैयामा लाग्ने पञ्चबर्षीय गढीमाई मेला २०८१ बृहत साँस्कृतिक कार्यक्रमको एक समारोहका बीच बुधवार उदघाटन गरेका हुन ।

हरैयामा लाग्ने पञ्चवर्षीय गढ़ीमाई मेला यस वर्ष चौथो पटक लागिरहेको गढ़ीमाई नपा-१ का वडा अध्यक्ष राम पुकार राय यादवले बताएका छन । पञ्चबर्षीय गढीमाई मेला २०८१ गढ़ीमाई नपा-१ हरैया,रौतहटको यो मेला आज बाट विधिवत रुपमा सुरु भई मंसिर २६ गते सम्म चल्ने उक्त गढीमाई मेलालाई सभ्य एवं भव्य बनाउनका लागि राज्यमन्त्री विश्वकर्मा रौतहट पुगेकी थिइन । गढीमाई मेलाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री विश्वकर्माले गढीमाई नगर क्षेत्र लगायत यस क्षेत्रमा बाढ़ीको बेला बागमती नदीबाट पीड़ित जनसमुदायका लागि बागमती नदी नियन्त्रण सम्बन्धी आफुले संघीय सरकार संग सक्दो प्रयास गर्ने प्रतिवद्धता गरेकी हुन ।
विश्व प्रसिद्ध शक्तिपीठको रुपमा रहेको गढीमाई मेलाको उद्घाटन गर्न पाउँदा र गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै भाग्यशाली भएको बताउदै पञ्चबर्षीय गढीमाई मेलाको सफलताको शुभकामना दिए । साथै गढ़ीमाई मन्दिरको बिकास तथा गढ़ीमाई नगर क्षेत्रको विकासका लागि आफु हर कदम अगाडी बढ़ने मन्दिर बिकास निर्माणमा पहल गर्ने विश्वास व्यक्त गरेकी हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले संघीय सरकार बिकास निर्माणको कार्य लगायत विभिन्न अवसरहरुमा मधेश प्रदेश तथा मधेशीहरुलाई विभेद गरेको बताएका छन । धेरै जनसंख्या भएको प्रदेशमा थोरै बजेट विनियोजन गर्नु विभेद भएको तथा मधेशीहरुलाई चाहिएको अवसरमा पुग्न समेत नदिएको उनले आरोप लगाए ।
गढ़ीमाई नगर क्षेत्रमा दुई ठाउँमा पञ्चबर्षीय गढीमाई मेलाको आयोजन हुदा हामीहरू गौरवान्वित भएको बताउदै गढ़ीमाई मन्दिर लगायत यस क्षेत्रको बिकास निर्माणको लागि आफु प्रतिवद्ध रहेको उनले बताए ।

हरैयाको यस गढ़ीमाई मेलालाई थप सभ्य एवं भव्य बनाउन यही मंसिर २२ गते दिउँसो भारतीय भोजपुरी गायक खेसारीलाल-२ (अर्थात खेसारीलाल यादवका डुप्लीकेट) आउँदैछन् । साथै मेलामा विभिन्न किसिमका खेल तमासा, सांस्कृतिक कार्यक्रमका लागि १९ गते राती देखी २० गते दिनसम्म दलकवाको अल्हा रुदलको नाच प्रोग्राम, २० गते राती देखी २१ गते रातीसम्म भारत बिहार कलकत्ताको मसहूर डान्सर कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम तथा मंसिर २३ र २४ गते राँगा तथा बोका बली रहेको मेलाको मूल आयोजक समितिका अध्यक्ष तथा मेला अध्यक्ष राम विनय राय यादवले जानकारी दिएका छन ।

मेला उदघाटन कार्यक्रमको सञ्चालन भोजपुरी लोक गायक तथा अभिनेता नेक महम्मद हुसैनले गरेका थिए भने स्वागत मन्तव्य वडा अध्यक्ष राम पुकार राय यादवले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व ऊर्जा सिचाई तथा खानेपानी राज्यमन्त्री शेख फूलबाबु, पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्रनाथ खनाल, गढिमाई नगर प्रमुख श्याम प्रसाद यादव, बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव, गढ़ीमाई नपाका प्रमुख प्रशाशकीय अधिकृत नागेन्द्र यादव, वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जसपा नेपालका रौतहट जिल्ला सह-इञ्चार्ज राजकुमार दास तत्मा, नेकपा (एस) नेता बृजकिशोर यादव, विभिन्न पालिकाका मेयर प्रत्यासी, वडा प्रत्यासी लगायतका हजारौं व्यक्तिहरूको सहभागिता रहेको मेला व्यवस्थापन समितिका सचिव रामबचन राय यादवले जानकारी दिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*