Breaking News
आजपा नेता बिजय यादवको पहलमा टेंग्राहामा ३०० वाटको नयाँ ट्रान्सर्फमर जडान ।

आजपा नेता बिजय यादवको पहलमा टेंग्राहामा ३०० वाटको नयाँ ट्रान्सर्फमर जडान ।

सागर संगम ठाकुर

रौतहट, पौष १० गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ४ मा बिधुतको नयाँ ट्रान्सर्फमर जडान गरिएको छ। आम जनता पार्टीका नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी बिजय यादव निर्विजको बिषेश पहलमा वडा नम्बर ४ स्थित टेंग्राहामा नयाँ ट्रान्सर्फमर जडान गरिएको सोही वडाका वडा प्रत्यासी रामाशंकर पासवानले जानकारी दिनु भयो ।

वडा प्रत्यासी पासवानको अनुरोधमा ३०० वाट क्षमता भएको नयाँ ट्रान्सर्फमर जडान भएपछि त्याहाँका स्थानियहरु निकै खुशी भएका छन । मेयर प्रत्यासी यादवले नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र मौलापुर संग समन्वय गरी बुधबार उक्त नयाँ ट्रान्सर्फमर जडान कार्य सम्पन गराएका हुन । बर्षौ देखि ट्रान्सर्फमरबाट प्रवाह हुने कम भोल्टेजका कारण स्थानियले झेल्दै आईरहेको समस्या र छिनछिनमा फ्युज झर्ने समस्या बाट स्थानीयहरूले निकै चिन्तित बानेका थियो । मेयर प्रत्यासी यादवले बर्षौदेखिको समस्यालाई मध्य नजर गर्दै उक्त समस्याबाट छुटकारा दिलाएका हुन। वडामा नयाँ ट्रान्सर्फमर जडान भए संगै अब घरायसी तथा कृषि कार्य गर्नमा निकै मद्दत हुने स्थानीयहरु बताउँछ । उक्त ट्रान्सर्फमर जडान कार्यक्रममा स्थानीय गाउँका भद्रभलाद्मी , बुद्धिजीवी तथा संचारकर्मिको समेत उपस्थिती रहेका थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*