आरएन पटेल।
रौतहट,पौष १९ गते।
फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो ।

श्री माध्यमिक विद्यालय टेंग्राहाका प्रधानाध्यापक अनिल कुमार यादवको अथक प्रयास तथा विशेष पहलमा राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत फतुवा विजयपुर नगरपालिकाको सहयोगमा आज एक कार्यक्रमको बिच चार कोठ्ठे भवनको शिलान्यास सम्पन्न भएको हो । नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातूनको प्रमुख आतिथ्यमा नगर प्रमुख खातून र वडा अध्यक्ष गौरव यादव तथा प्र अ यादवले संयुक्त रुपमा उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन । राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त चार कोठ्ठे विद्यालय भवन कुल ५५ लाखको लगानिमा सुबिधा सम्पन्न शौचालय र फर्निचर सहितको उक्त विद्यालय भवनको निर्माण हुन लागेको विद्यालयका प्र. अ. अनिल कुमार यादवले बताएका छन।


यादव प्र.अ. भए देखी नै स्कुलको शैक्षिक अवस्थामा सुधार, चार कोठ्ठे भवन निर्माण र व्यवस्थित शौचालयको पनि निर्माण गराएका हुन् । ग्रामीण भेगमा भए पनि पढाईको गुणस्तर पनि पहिलाको तुलनामा अहिले राम्रो भएको त्यहाँको स्थानियहरुले बताएका छन्। शिलान्यास कार्यक्रममा विधालयका शिक्षक-शिक्षिकाहरु, सुरक्षाकर्मी, भद्रभलादमी,पत्रकार तथा वडा नं ४ टेंग्राहाका स्थानियहरुको विशेष उपस्थिती रहेका थिए।


Sthaniya News
