Breaking News
रौतहटको जयनगर सड़क खण्डमा ट्रेक्टर दुर्घटना।

रौतहटको जयनगर सड़क खण्डमा ट्रेक्टर दुर्घटना।

रौतहट।
पौष १९ गते।
रौतहटको जयनगर सड़क खण्डमा ट्रेक्टर दुर्घटना भएको छ।रौतहटको मौलापुर देखी जयनगर जाने सडक खण्डमा आलु लाेड गरिएको ट्रेक्टर दुर्घटना भएकाे हो।
पश्चिमबाट पुर्वतर्फ आलू लिएर आउदै गरेको ट्रेक्टर देवाही गोनाही नगरपालिकाको वडा नं. ९ धरहरी नजिक पलटिएर दुर्घटना भएको खबर प्राप्त भएको छ।

नगरपालिकाको धरहरी स्थित गढीमाई र जहरीमाई मन्दिरको पश्चिम सड़क छेउ खेतमा प्रदेश नम्बर २.०३.००.४८३९ नम्बरको आलु लाेड गरिएको ट्रेकटर पल्टिँदा गाडीमा व्यापक क्षति भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ । प्रहरीका अनुसार ट्रेक्टर पल्टिँदा कुनै किसिमको मानवीय क्षति नभएको खबर प्राप्त भएको छ।

 

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*