Breaking News
बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय।

बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय।

आरएन पटेल।
रौतहट, पौष २३ गते।
बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्याधिक बढेकाले
रौतहटका विभिन्न पालिकाहरुले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएपछि विद्यालयमा जाडो बिदा दिईएको हो।

जिल्लाका विभिन्न पालिकाहरुले मंगलवार सूचना जारी गर्दै पौष २४ गते देखी २६ गते सम्मका लागि ३ दिन पालिका अन्तर्गत रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन। जिल्लाको सबैभन्दा पुरानो पालिका गौर नगरपालिका, ईशनाथ नगरपालिका, बौधिमाई नगरपालिका तथा फतुवा विजयपुर नगरपालिकाले आज एकै साथ सूचना जारी गर्दै बढ्दो जाडोको कारणवाट विधार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उक्त तीन दिनको बिदा वर्षे विदावाट कट्टा हुने गरी सम्बन्धित पालिका अर्न्तगतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय सबैको पठनपाठन बन्द गर्न गराउनु सबै सरोकारवालालाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

जाडोले गर्दा प्राबिमा पढ्ने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए। जाडोले गर्दा विद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको विद्यालयका शिक्षकहरुले बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखाकी र ज्वरोले प्रभावित हुन सक्ने सम्भावनालाई निर्मूल पार्न तथा बालबालिकाहरुको स्वास्थ्य अवस्थाको ख्याल गरि उक्त जाड़ो बिदा नगरपालिका भित्र रहेका सबै विद्यालय बन्द गरिएको बौधिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारकेश्वर प्रसाद पटेलले बताए। पौषको अन्तिम हप्ता रौतहटमा पश्चिमेली हावासंगै बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ।

 

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*