Breaking News
गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द।

गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द।

राैतहट।
माघ १६ गते।
राैतहटकाे मध्य भाग गरूडामा चलिरहेको प्रथम गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द भएको छ । आगामी माघ २३ गते सम्म चल्ने भनिएको व्यापार महोत्सव बिचैमा भएको हाे । गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष सतिश साहकाे कमीकमजोरीले गर्दा महाेत्सव बन्द हुन पुगेको बताईएको हो। दर्शकले नरूचाएकाे,व्यापारीहरूले स्टल नराखेको र माैसमले नसाथ दिएको कारण महाेत्सव बन्द गर्नु परेकाे अध्यक्ष साहले बताएका छन।

समृद्ध उधाेगकाे लागि,आर्थिक समृद्धि भन्ने नाराका साथ सुरू भएको महाेत्सवमा प्रवेश शुल्क राखेपछि दर्शकहरूले ताेडफाेड समेत गरेकाे घटना घटेकाे थियो ।
व्यापारीहरू बिच कुरा मिलाउन नसक्दा पनि महाेत्सव बन्द हुन पुगेको कतिपय व्यापारीहरूकाे भनाइ छ । निकै तामझामकाे साथ सुरु भएको महाेत्सव बिचैमा बन्द हुन पुग्दा व्यापारीहरू निराश भएका छन। वर्तमान अध्यक्ष साहकाे कार्यकालकाे ऐतिहासिक कार्य भनिएपनि अन्ततोगत्वा असफल हुन पुगेकाे छ। बिना तयारीकाे महाेत्सव आयाेजन गर्न नहुने जानकारहरूकाे भनाइ छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*