Breaking News
फतुवा विजयपुरमा जसपा नेपालको संगठन निर्माण कार्य तीव्र गतिमा।

फतुवा विजयपुरमा जसपा नेपालको संगठन निर्माण कार्य तीव्र गतिमा।

रौतहट,माघ१६ गते।
रौतहटको फतुुवा विजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले धमाधम संगठन निर्माणको काम गरिहेको छ । जनता समाजवादीको पार्टीको गढ मानिएको फतुवा विजयपुर वडा नम्बर ११ मा आज वडा स्तरीय बैठकमा सहभागी जसपाका नेताहरुले आगामी चुनावको तयारी स्वरुप अहिले देखिनै कसरत थालेको बताएका हुन् ।



जनता सँग जनता समाजवादी पार्टी,नेपाल अधारभूत संगठन निर्माण अभियान अन्र्तगत मंगलवार वडा नम्बर ५ सोनालाल कुशवाहाको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरिएको थियो भने बुधवार वडा नम्बर ११ मा सिताराम चौधरीको अध्यक्षतामा २५ सदसीय वडा कमिटि गठन गरिएको छ ।
नगर कमिटि अध्यक्ष जयमंगल यादवको अध्यक्षतामा भएको बैठकबाट गठित कमिटिको उपाध्यक्षमा पूर्ण बहादुर खापाङ्गी,महिला उपाध्यक्षमा रविना मगर लुुङ्गेली,कोषाध्यक्षमा नविन अधिकारी,सचिवमा पाडव किरिङ,सह सचिवमा तेजनारायण चौधरी,उपेन्द्र पटेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हेमनारायण चौधरी,सन्तलाल चौधरी लगायतका व्यक्तीहरु रहेको जसपा मधेश प्रदेश कमिटि सदस्य विजय चौधरीले जानकारी गराएका हुन् । संगठन निर्माणको काम अन्य वडामा पनि लगातार गर्ने उनले बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादवले यहाँको स्थानिय सरकारको अनुुभूती जनताले गर्न नसकेको बताए । भागबण्डा गर्नमा नै व्यस्त रहेका जनप्रतिनिधीहरुले कुनै काम गर्न नसकेको अरोप लगाएका छन् ।
त्यस्तै अर्का वक्ता प्रदेश कमिटि सदस्य विजय चौधरीले २०८४ मा हुने निर्वाचनमा जसपालाइ फतुवा विजयपुरमा मजबुुत बनाउनु पर्नेमा जोड दिएका थिए । जबसम्म परिवर्तन हुँदैन तबसम्म विकास हुन सक्दैन् । त्यसैले जसपालाइ हरेक टोल टोलमा बलियो बनाउनुु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।

संगठन निर्माण कार्याक्रममा जसपाका केन्द्रिय सदस्य रामअश्रे चौधरी,प्रदेश कमिटि सदस्य पुनित राम लगायतका नेताहरुले पनि कार्यक्रमका वक्ताको भूमिका निर्वाह गरेका थिए । सो अवसरमा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*