Breaking News
रौतहट जिल्ला अदालतबाट सांसद प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश ।

रौतहट जिल्ला अदालतबाट सांसद प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश ।

रौतहट।
माघ २० गते।
रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
आम जनता पार्टीका अध्यक्षसमेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
उक्त मुद्दामा आइतबार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए ।
उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्णपाठ आउन समय लाग्नेछ । इजलाशबाट पूर्णपाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए । आम जनता पार्टीका अध्यक्ष साह रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*