Breaking News
रौतहटका दलित अभियन्ता पासवानविरुद्ध झूटा मुद्दा दर्ता,दलित संघ-संगठनहरुद्वारा घोर भर्त्सना।

रौतहटका दलित अभियन्ता पासवानविरुद्ध झूटा मुद्दा दर्ता,दलित संघ-संगठनहरुद्वारा घोर भर्त्सना।

रौतहट ।
२०८१ माघ २१ गते।
वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान (निर्माणी) विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै देशै भरिको विभिन्न दलित संघ-संगठनहरुले घोर भर्त्सना गरेको छ।

भर्त्सना तथा विरोधको क्रममा राष्ट्रिय दलित आयोग काठमाडौं ,दलित विकास समिति मधेस प्रदेश,दलित सरोकार मञ्च,राष्ट्रिय दलित पत्रकार संघ नेपाल काठमाडौं र विभिन्न जिल्ला शाखाहरु,मधेसी दलित गैर सरकारी संस्था महासंघ काठमाडौं, दलित सामुदायिक विकास केन्द्र नेपाल,रौतहट लगायत दर्जनौं संघ संस्थाले विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ।


जारी भएको प्रेस विज्ञप्तिहरुमा जातीय भेदभावविरुद्ध संघर्षरत एक अभियन्तामाथि झूटा आरोप लगाएर फसाउन खोजिएको गम्भीर षड्यन्त्र भएको उल्लेख गरिएको छ।
बहुभाषिक,बहुजातीय,बहुधार्मिक र समावेशी प्रतिनिधित्व भएको धर्म निर्पेक्ष सार्वभौमसत्ता देश नेपालमा,नेपालको संविधान २०७२ को बमोजिम यहाँ सबै भासी र धर्मावलम्बीको सम्मान अधिकार रहेको तथा संविधान बमोजिम आफ्ना काम कर्तव्य गर्नुपर्ने व्यवस्था हुदा पनि रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष समेत रहेका राजेश पासवान (निर्माणी) माथि लगाइएको झुठा मुदा गम्भीर सड्यन्त्रको संकेत हो।समाज भइरहेको जातीय भेदभाव विरुद्ध न्यायको लागि लडिरहेका एक दलित युवा अभियन्ता र समाजसेवीलाई यसरी एकतर्फी रुपमा झुठा आरोप लगाई मुद्दा दर्ता गरिनु दु:खद रहेको विज्ञप्तिहरुमा उल्लेख छ।।

२०८० सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुर्व्यवहार र आक्रमणका दोषीहरू अझै पनि कानूनी कारबाहीबाहिर रहेका बेला, उनीहरूकै दबाबमा प्रहरीले पीडितलाई नै अपराधी बनाउन खोजेको सरोकार मञ्चले जनाएको छ। गत २०८१ मंसिर १६ गते वृन्दावन ८, बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवानमाथि झूटा मुद्दा लगाइनु गम्भीर अन्याय भएको दलित अगुवाहरूको भनाइ छ।

प्रहरी भूमिकामाथि प्रश्न, निष्पक्ष छानबिनको माग गर्दै संघ-संगठनहरुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै झूटा मुद्दा तत्काल खारेज गर्न माग गरेको छ। साथै, जातीय भेदभाव तथा छुवाछूत मुद्दाका दोषीहरूलाई कानूनी कठघरामा ल्याई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा न्याय सुनिश्चित नभएमा दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै, सम्पूर्ण न्यायप्रेमी नागरिक, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।
दुईदिन अघि सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक भएको थियो। भिडियोमा हाल मुदालय बनेर झुठा मुदा दर्ता गराएका पसिन्द्र महतोले, पासवानको जाति स्तर देखाउदै भनेको छ,म त त्यो दुसदालाई टार्गेटमा राखेको छु र उलाई मार्न गएको थिए,तर त्यो दुसदालाई बचाउन केही व्यक्तिहरु आएर मलाई हस्तक्षेप गरिरहेको थिए त्यसैले म त्यो दुसदा  र उनको बचावमा आउने सबै लाई कुट पिट गर्दा गर्दै मेरो हात आफै भांचेको हो, भनेर बोलेको भिडियो प्रष्ट संग हेर्न र सुन्न सकिन्छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*