Breaking News
बौधिमाई-३ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा महिला संघको नगर कमिटी गठन कार्य सम्पन्न।

बौधिमाई-३ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा महिला संघको नगर कमिटी गठन कार्य सम्पन्न।

आरएन पटेल।
रौतहट,माघ २२ गते।
बौधिमाई नपा-३ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ नेपालको नगर स्तरीय भेलाबाट महिलाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं.३ मटिअर्वामा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी महिला संघ नेपालको नगर कमिटी गठन कार्य वडा नं.३ मटिअर्वामा स्थित श्रीरामजानकी मठको प्रांगणमा सम्पन्न गरिएको हो।


पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा मंगलबार पालिकाको वडा नं.३ मटिअर्वामा जसपा नेपालको २१ सदस्यीय वडा कमिटि तथा समाजवादी महिला संघ नेपालको विस्तारित बैठकबाट २३ सदस्यीय नगर कमिटी गठन गरिएको हो। जसपा नेपालको यस बौधिमाई नपा ३ मटिअर्वामा भएको जसपाको वडा कमिटी गठन कार्यमा सियाराम राउत कुर्मीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि तथा कल्पी देवी रामको अध्यक्षतामा २३ सदस्यीय महिला संघको बौधिमाई नगर कमिटी गठन गरिएको जसपा नेपालको नगर सचिव रामाकान्त कुमार पटेलले जानकारी गराएका हुन।


कार्यक्रमको प्रमुख वक्ता पूर्व प्रदेश सांसद एवं केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादव उर्फ किशोरी यादव र महिला नेत्री प्रदेश सांसद शोभा देवी साहले नव गठित जसपा नेपालको बौधिमाई नपा-३ मटिअर्वाको सम्पुर्ण पदाधिकारीहरु लगायत महिला संघ नेपालको बौधिमाई नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभएको छ।
कार्यक्रममा जसपा नेपालको रौतहट जिल्ला सदस्य सिकिन्द्र राय यादव, राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह, नगर उपाध्यक्ष मोतिम हासमी, समाजसेवी अशेशर राय यादव,वडा सदस्यगण, समाजवादी युवा संघ नेपाल बौधिमाईको नगर अध्यक्ष बैनाथ पटेल लगायत नगरका महिला नेत्रीगण, कार्यकर्ता, वडा नं.३ मटिअर्वाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

 

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*