Breaking News
बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।

बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।

आरएन पटेल।
माघ २५ गते २०८१।
बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरुबिच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।


पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज शुक्रबार बारागढ़ी गाउँपालिका स्वास्थ्य शाखा खोपवाको आयोजनामा पालिकाको सभा हलमा उक्त HPV ( ह्यूमन प्यापिलोमा भाइरस ) खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

बारागढ़ी गाउँपालिकाको गा.पा.अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा सम्पन्न भएको उक्त नगर स्तरिय खोप समन्वय समितिको एच.पी.भी. खोप अभियानमा देशै भरिका सम्पूर्ण सामुदायिक विद्यालय र प्राइवेट स्कुलहरुमा यही २०८१ माघ २२ देखि फागुन ६ गते सम्म भएपनि मधेश प्रदेशको आठ वटै जिल्लाहरुमा माघ २३ देखी फागुन ६ सम्म हुने भएको छ। बारा जिल्ला अन्तर्गत दुइ चरणमा गरेर पहिलो चरणमा माघ २२ देखि २४ गते सम्म लगातार ३ दिनसम्म तथा दोस्रो चरणमा बाकी रहेका सम्पूर्ण पालिकाहरु साथै बारागढ़ी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा फागुन ४ गते देखी ६ गतेसम्म लक्षित समूह अन्तर्गतका कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू तथा विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एच.पि.भी खोप दिइने बताईएको छ। साथै यो खोप विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट दिइने भएकाले विद्यालयमा सम्पर्क गरि खोप लगाउनु हुन बारागढ़ी गाउँपालिकाको स्वास्थ्य संयोजक डा.ओमप्रकाश चौधरीले अनुरोध गरेका छन।



स्थानीय तह खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरले विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा ७ लाख सम्म पुग्ने अनुमान गरिएको छ । यसबाट हरेक वर्ष ३ लाख १९ हजार जना महिलाहरुको मृत्यु हुने र सन् २०३० सम्ममा मृत्युदर ४ लाख सम्म पुग्ने अनुमान गरिएको छ। महिलाहरुमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताईएको छ।

त्यस्तै नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था
हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।
महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ।

त्यसैले नेपाल सरकारले यही माघ २२ गते देखी एकैसाथ देशैभरि सञ्चालन गरेको अभियानमा प्रयोग हुने एच.पि. भी.खोप अभियानमा Cecolin (सिकोलिन) खोप उपलब्ध गराइने हुदा यो खोपले एच.पि.भी. प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने भएकोले लक्षित समुहका किशोरीहरुलाई नछुटने गरि खोप सञ्चालन गराउन अनुरोध समेत गरिएको छ।

खोप सम्बन्धी केहि जिज्ञासा भए थप जानकारीको लागि पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सक्नु हुने कार्यक्रममा अनुरोध समेत गरिएको छ।

कार्यक्रममा पालिकाको उपा अध्यक्ष लक्ष्मी देवी राय, प्रमुख प्रसाशकीय अधिकृत सरोज कुमार चौधरी, स्वास्थ्य कार्यालय कलैया बाराको प्रतिनिधि, पालिकाका सम्पूर्ण वडा अध्यक्ष,पालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्र.अ. एवं प्रतिनिधिहरु,पालिकाका स्वास्थ्य चौकी प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय बारागढ़ीका कार्यालय प्रमुख प्रेम सिंह कुँवर,पालिकाका विभिन्न शाखा प्रमुख लगायत सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*