आरएन पटेल।
रौतहट,माघ २५ गते।
देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.१ करुनियामा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको प्रथम वडा भेलाबाट युवा संघ नेपालको देवाही गोनाही नपा वडा नं.१ करुनियामा कमिटी गठन गरिएको हो।
समाजवादी युवा संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षतामा शुक्रवार पालिकाको वडा नं.१ करुनियामा प्रमोद राय यादवको अध्यक्षतामा समाजवादी युवा संघ नेपालको ११ सदस्यीय वडा कमिटि गठन गरिएको हो।
नव गठित युवा कमिटिको उपाध्यक्षमा सिकिन्द्र यादव,सरोज पटेल, सचिव लालबाबू पटेल, कोषाध्यक्ष रफीक दर्जी, सदस्यमा राकेश पटेल, अजय पटेल, रबिन्द्र राय यादव, महेश राय यादव, अवधेश राय यादव र सरोज पासवान रहेको जिल्ला अध्यक्ष पुन प्रताप पटेलले जानकारी गराएका हुन।
कार्यक्रमको प्रमुख वक्ता जसपा नेपालको केन्द्रीय सल्लाहकर समिति सदस्य रामआशीष राय यादवले नव गठित समाजवादी युवा संघ नेपालको देवाही गोनाही नपा-१ करुनियाको सम्पुर्ण पदाधिकारीहरु लगायत सदस्यहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभएको छ।
कार्यक्रममा जसपा नेपालको केन्द्रीय सल्लाहकर समिति सदस्य दिनेश राय यादव, प्रदेश सदस्य ईश्वरीलाल यादव, मेयर प्रत्याशी धर्मेन्द्र प्रसाद पटेल, जिल्ला सदस्य बाबुराम यादव, पूर्व जिल्ला सदस्य कृष्णनदन यादव, नगर सचिव संतोष कुमार पटेल लगायत नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।