Breaking News
बाराको पचरौतामा मेयर जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान।

बाराको पचरौतामा मेयर जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान।

स्थानीय न्यूज, बारा।
माघ २५ गते।
बाराको पचरौतामा मेयर जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान गरिएको छ। जिल्लाको उत्कृष्ट पचरौता नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बारामा नयाँ प्रहरी उपरीक्षकको रुपमा आउनु भएका  संतोष तामाङलाई भव्य स्वागत  सम्मान गरेका छन् ।

पचरौता नगरपालिकाको सभा हलमा उक्त सम्मान तथा स्वागत प्रहरी उपरीक्षक  तामाङलाई गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रममा  पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,सबै कर्मचारी , जनप्रतिनिधि तथा अन्य सबै सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा शाखाका सह संयोजक मुकेश कुमार पटेल ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,नेता प्रभु पटेल ,वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव तथा नगर प्रहरीको विशेष उपस्थिति रहेको थियो । जिल्ला प्रहरी कार्यालय बारामा नयाँ प्रहरी उपरीक्षकको रुपमा हाजिर हुनु भएका संतोष तामाङलाई पचरौता नगरपालिकाका मेयर एवम्  प्रखर वक्ता जलन्धर सिँह स्वागत तथा सम्मान गरेका थिए ।यस्तै पालिकाका अन्य कर्मचारीहरुले पनि सम्मान गरेको नगरपालिकाले जानकारी दिएका छन् । जिल्लामा शान्ति ,सुरक्षा अमन ,चयन कायम गर्न वहाँ भुमिका बनिरहोस भन्ने कामना समेत गरिएको मेयर सिँहले बताउनुभयो।

पालिकाबाट भएको सम्मानको कदर गरिनुको साथै जनता प्रति आफु वफादार रहेको प्रहरी  उपरीक्षक संतोष तामाङले बताउनुभयो । कार्यक्रमको सञ्चालन पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले गर्नुभएको थियो ।सयौंको संख्यामा उपस्थित भएकाहरुले वहाँलाई सम्मान गरेका छन् । जिल्लाको १६ पालिकामध्ये पहिलो पचरौता नगरपालिकाले एक कार्यक्रमको आयोजन गरि प्रहरी उपरीक्षकलाई स्वागत तथा सम्मान गरेका हुन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*