Breaking News
गरुडामा नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी गठन

गरुडामा नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी गठन

आरएन पटेल ।
रौतहट,फागुन ०३ गते ।
नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्लाको मध्य भाग गरुडा नगरपालिका अन्तर्गत पर्ने महम्मदपुर व्यारेज नजिक रहेको गोपाल सेवा सदन धर्मशालामा नेपाल फूल माली समाज जिल्ला कार्य समितिको आयोजकत्वमा उक्त जिल्ला अधिवेशन सम्पन्न भएको हो।

“शिक्षित बनौं, संगठित बनौं, आफ्नो पहिचान कायम गरौं” भन्ने मूल नाराका साथ नेपाल फूल माली समाज रौतहटको संयोजक मोहन प्रसाद मालीको अध्यक्षता सम्पन्न भेलाबाट मोहन प्रसाद मालीको अध्यक्षता १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।


नव गठित जिल्ला कार्य समितिको उपाध्यक्षमा रामविश्वाश माली, महिला उपाध्यक्ष गुड़ी देवी, सचिव प्रदीप भगत माली, स-सचिव लाल बाबू भगत माली, कोषाध्यक्ष उमेश भगत माली, सदस्य भरत बहादुर माली, बैधनाथ भगत माली, रामबाबू भगत, हरिचन्द्र भगत, विश्वनाथ भगत, हरि नारायण भगत र बाबूलाल भगत गरि १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। समितिको वरिष्ठ सल्लाहकरमा रविन्द्र भगत माली, भरत भगत, शिवशंकर भगत माली, कामोद भगत, राम सागर भगत र रामकिशुन भगतलाई चयन गरिएको समाजसेवी पारस भण्डारीले जानकारी गराएका छन।

नव गठित जिल्ला कार्य समिति रौतहटका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यगणमा वक्ताहरुद्वारा हार्दिक बधाई सहित अग्रिम कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ।
फूल यस्तो बनस्पति हो जून हरेक कार्यमा काम लाग्ने गर्दछ, पूजापाठ, धर्म संस्कृति, विभिन्न कार्यक्रम लगायत विभिन्न शुभ कार्य तथा मानिस जन्म लिने बेला देखी जीवनको अन्तिम क्षण मृत्युको बेला पनि फूलले स्वागत गर्ने भएको हुँदा संसारमा फूलको निकै नै महत्व रहेको कार्यक्रममा वक्ताहरुले व्याख्या गरेका छन। पौराणविक कालदेखि फूलको मालिक माली समुदाय भएकोले आजको युगसम्म पनि फूल सम्बन्धी विभिन्न कार्यहरु माली समुदायले नै गर्दै आइरहेकोले अब उपरान्त यस फूलको कारोबारलाई व्यवसायिक रुपमा अगाडी बढाउनमा वक्ताहरुद्वारा जोड़ दिइएको छ।

हालको अवस्थामा विभिन्न समुदायका व्यक्तिहरुले व्यवसायिक रुपमा फूलको खेती देखी लिएर बेच बिखन तथा विभिन्न क्षेत्रमा सजावटका कार्यहरु गर्दै पेशागत आम्दानी गरिरहेको जिकिर गरिएको हो। फुलका मालिक भनिने फूल मालि समाजका व्यक्तिहरुले यसलाई अवसरको रुपमा लिएर फूलको विभिन्न कार्यहरुलाई व्यवसायिक रुपमा अगाडी बढाएर आ-आफ्नो अर्थ व्यवस्था मजबूत बनाउन विभिन्न वक्ताहरुले जोड़ दिइएको छन। कार्यक्रममा स्वागत मन्तव्य भरत भगत मालीले गरेका थिए भने कार्यक्रम सञ्चालन माली समाजका पूर्व प्रहरी निरीक्षक प्रदीप भगत मालीले गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल फूल माली समाजको संस्थापक अध्यक्ष बुटवल निवासी सागर कुमार माली, विशिष्ट अतिथि जनकपुर उधोग बाणिज्य संघको अध्यक्ष सुरेन्द्र भण्डारी, माली जाती उत्थान मंच नेपालको महासचिव सप्तरी जिल्ला निवासी जयराम भण्डारी, इलाका प्रहरी कार्यालय गरुड़ाका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजन कार्की, सचिव बीरगंज निवासी रामेश्वर माली, अतिथि माधव नारायण नगरपालिका निवासी व्यवसायी तथा समाजसेवी युवा नेता होटल एनपी स्टारका सञ्चालक पारस भण्डारी, नेपाल फूल माली समाज बाराका प्रतिनिधि तेज बहादुर भगत माली, मधेश प्रदेशका सम्पूर्ण माली समाजका अगुवा कार्यकर्ता लगायत जिल्लाका माली समाजका अगुवा कार्यकर्ता तथा सर्वसाधारणहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*