Breaking News
रौतहटका किसानहरुले लगाएको नगदे बालीमा हावाहुरि तथा असिनापानीले क्षति

रौतहटका किसानहरुले लगाएको नगदे बालीमा हावाहुरि तथा असिनापानीले क्षति

रौतहट,चैत्र ०९ गते।
रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुरयाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आउन नसकेको जनाएको छ ।


चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडाका किसानहरुको बालीनाली क्षति पुगेपछि उनीहरु चिन्तामा परेका छन । वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ ।


त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसाबारी तथा खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । वृन्दावन–१ बलेरीका बलेरी क्षेत्रका किसानहरुको करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले बताए । उब्जनी हुने बेलामा आएको हावाहुरी र असिनापानीले बालीमा क्षति पुगेपछि किसानहरु आर्थीक संकटमा परेका छन् । प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले किसानहरुमा परेको मर्कामा सरकारको ध्यान जानु पर्ने बताए । साभार: न्यूज ऑफ नेपाल

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*