आरएन पटेल
रौतहट,चैत्र ०९ गते।
जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न भएको छ। रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाको वडा नं -८ जिङडियामा र माधवनारायण नगरपालिकाको वडा नं.-६ माधोपुरमा छुटा छूटै जनता समाजवादी पार्टी नेपालको सर्कुलर अनुसार वार्ड अधिबेशन भव्यताका साथ सम्पन्न भएको हो।
अधिवेशनबाट शनिबार गरुडामा नगर कमिटी अध्यक्ष राम ईश्वर यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नं.८ जिंगड़ियाका रामलाल यादवको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन गरिएको छ भने माधवनारायण नगरपालिकाको वाड न.६ माधोपुरमा अरुण कुमार यादवको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरिएको जसपा नेपालका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन।
कार्यक्रममा गरुडा वडा नं.८ का वडा अध्यक्ष राम वशिष्ठ यादव , पार्टी नेता राम सिंह यादब, राम श्यावर यादव, राम विनय ठाकुर, गरुडा नगरपालिकाको मेयर प्रत्याशी मधेश प्रदेश सदस्य अनिल कुमार यादव र पार्टीका केन्द्रिय सलाहकार राजकुमार दास तत्माको विशेष उपस्थिति रहेको थियो।
भेला बाट चयन भएका वडा पदाधिकारी सदस्य ,नगर प्रतिनिधि र जिल्ला प्रतिनिधि छनौट भएका सम्पूर्ण पदाधिकारीहरुलाई वक्ताहरुद्वारा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।