Breaking News
जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न

जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न

आरएन पटेल
रौतहट,चैत्र १२ गते।
जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं – ७ बंकूल, वडा नं ८ र ९ सरमुजवामा एकै साथ जनता समाजवादी पार्टी नेपालको सर्कुलर अनुसार वार्ड अधिबेशन भव्यताका साथ सम्पन्न भएको हो।


जसपा नेपाल बौधिमाई नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा मंगलवार सम्पन्न अधिवेशनबाट वडा नं – ७ बंकूलमा नारायण रायको अध्यक्षतामा, वडा नं ८ र ९ सरमुजवामा क्रमशः रेखा राय यादव र रामविनय साहको अध्यक्षतामा २१/२१ सदस्यीय वडा समिति  गठन गरिएको छ। साथै नगर कमिटी गठनको लागि नगर अधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशन प्रतिनिधि छनौट गरिएको नगर सचिव रामाकान्त कुमार पटेलले जानकारी गराएका हुन।

कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले नव गठित जसपा नेपालको बौधिमाई नपा-७,८ र ९ मा एकै साथ छनौट भएका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै यादवले समग्र मधेश र मधेशी समुदायको भविष्य सुनिश्चितता तथा हक अधिकार प्राप्तिको लागि जसपा नेपाल बाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन।

बौधीमाई नगरपालिकाका अधिकाँश निर्वाचित जनप्रतिनिधिहरु बजेटको भागभण्डाका कारण ३ वर्ष बितिसक्दा पनि हेर्न लायक कुनै ठोस विकास गर्न नसकेको उनले आरोप लगाए। जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले मधेसीहरुको लागि विभिन्न आरक्षण कोटा समेत उपलब्ध गराएको एवं समग्र मधेश तथा मधेशीको हकहितको लागि मधेश आन्दोलन समेत गरि अधिकार प्राप्तिमा ठुलो भूमिका खेलेको स्पष्ट पारेका छन। वास्तवमा रौतहटको क्षेत्र नम्बर दुईका सांसद,प्रदेश सांसद तथा नगर प्रमुख विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही नगरेको उनले बताए। बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले ३ वर्षको कार्यकालमा विद्यार्थी देखि जनप्रतिनिधिहरुलाई कसरी मुद्दा मामिलामा भसाउने सड्यन्त्र चाल्ने बाहेक अरु केहि गर्न नसकेको उनले बताए। आफ्नो कार्यकालमा आफुले कसैलाई बनाउन नभयाएको खण्डमा उसलाई बिगार्न समेत कुनै पहल नगरेको बताउदै, आउने दिनमा समाजमा भाईचरा कायम राख्ने, मेलमिलाप गराउने जस्ता क्रियाकलाप एवं गतिविधि गर्ने जनप्रतिनिधिलाई मात्र अवसर दिन उनले सम्पूर्ण जनसमुदायलाई आग्रह गरेका छन।
भेलाबाट चयन भएका वडा पदाधिकारीहरु,नगर प्रतिनिधि र जिल्ला प्रतिनिधि सम्पूर्ण पदाधिकारीहरुलाई वक्ताहरुद्वारा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

कार्यक्रममा जसपा नेपालको युवा विद्यार्थी तथा खेलकूद बिभाग सदस्य युवा नेता विवेक कुमार यादव, जसपा रौतहट जिल्ला सदस्य सिकिन्द्र राय यादव, राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह, वडा सदस्य लगायत समाजवादी युवा संघ नेपाल रौतहटको कार्यवाहक जिल्ला अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल लगायत युवाका नगर भरिका युवा नेता कार्यकर्ता, नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*