आरएन पटेल
रौतहट, चैत्र १९ गते।
प्रेस मञ्च नेपाल रौतहटको अध्यक्षमा किशोरी यादव चयन भएका छन। जिल्लाको दोस्रो अधिवेशन सदरमुकाम गौरको जी मार्ट होटलको सभा हलमा मंगलवार सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपालकाे छाता संगठन प्रेस मञ्च नेपाल रौतहटको दोस्रो अधिवेशन मंन्चका केन्द्रिय कार्यवाहक अध्यक्ष मनोज यादवको प्रमुख आतिथ्य तथा प्रेस मञ्च नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजकत्वमा सम्पन्न भएको छ ।
जिल्लाको दोस्रो अधिवेशनबाट किशोरी यादवको अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको छ ।

अधिवेशनबाट नव निर्वाचित जिल्ला कार्यसमितिको अध्यक्ष- किशोरी यादव ,उपाध्यक्ष- दीपक कुमार, महिला उपाध्यक्ष रश्मी पटेल,सचिव-चन्दन कुमार महतो, सह सचिव- दिलीप पाण्डे, महिला स सचिव प्रियंका सिंह,श्रीकान्त यादव, कोषाध्यक्ष- श्रीकान्त यादव र क्रमिक सदस्यहरु-शेख समीर आलम, अरविन्द यादव, सुनीता कुमारी, प्रदिप कुमार यादव, राकेश पटेल लगायत १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ।

प्रेस मंच नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशन कार्यक्रमका विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपाल केन्द्रिय सदस्य पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव,केन्द्रीय सदस्य एवं मधेश प्रदेश सदस्य माननीय शोभा देवी साह, प्रेस मञ्च नेपालको केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट संस्थापक पत्रकार रबिन्द्र प्रसाद साह, प्रेस मंच नेपाल मधेस प्रदेश समिती महासचिव बंन्दना झा, महोत्तरी जिल्ला सदस्य शैलेन्द्र यादव लगाएतको उपस्थिती रहेको थियो ।


Sthaniya News
