Breaking News
परोहाको श्री अन्होतीलाल मा वि मा नि:शुल्क आँखा शिविर सम्पन्न

परोहाको श्री अन्होतीलाल मा वि मा नि:शुल्क आँखा शिविर सम्पन्न

चन्दन कुमार

रौतहट, जेष्ठ १० गते।
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिको श्री अन्होतीलाल मा वि मा आयोजित नि:शुल्क आँखा शिविर भव्यताको साथमा सम्पन्न भएको छ । स्थानीय युवा समाजसेवी अमित प्रसाद जयसवालको आयोजकत्वमा सेवा फाउण्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालको आयोजनामा उक्त नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता पुर्व वडा अध्यक्ष जितेन्द्र पटेल गर्नु भएका थिए भने प्रमुख अतिथिका रुपमा युवा समाजसेवी तथा कार्यक्रमका स्थानिय आयोजक अमित प्रसाद जयसवाल उपस्थित हुनु भएका थिए । त्यस्तै शिविरमा गौर आँखा अस्पताल बाट आएका टोलिमा नेत्र अधिकृत बबिता केसरी, नेत्र सहायक दिनेश घिमिरे , कार्यक्रम संयोजक सत्येन्द्र पाण्डे, हरी नरायण साह, रामजन्म यादव, कृष्णा राउत, गौरीशंकर राउत लगायतका उपस्थिति रहेका थिए ।  पालिकाको बसन्तपट्टि सहित आसपासका नगरवासीहरुलाई लक्षित गर्दै आयोजना गरिएको नि:शुल्क आँखा शिविरमा बसन्तपट्टि, कोपवा, लौकाहा, भेडियाही, इनरवारी, तेजापाकड लगायतका गाउँहरुबाट झण्डै ४ सय जना आँखा बिरामीहरु आफ्ना आँखा जाँच गराएका छन । आँखा जाँच गराएकाहरु मध्ये १२३ जनालाई चास्मा वितरण, ३१ जनालाई मोतियाबिंद अपरेशनका लागि छनोट र २११ जनालाई औषधि वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित बिरामी तथा सेवाग्राहीहरुले आयोजक समाजसेवी अमित जयसवाललाई धन्यवाद सहित हार्दिक अभार व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*