Breaking News
सांसद कनिश पटेलको पहलमा विपन्न र दलित समुदायका लागि सुरक्षित आवास निर्माण तीव्र

सांसद कनिश पटेलको पहलमा विपन्न र दलित समुदायका लागि सुरक्षित आवास निर्माण तीव्र

आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ ।
राैतहट निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित मधेस प्रदेश सांसद एवम् एकीकृत समाजवादी पार्टीका मधेस प्रदेशका प्रमुख सचेतक कनिश पटेलकाे निरन्तर पहल र सक्रियतामा गरिब, विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माणको कार्यले गति लिएको छ । फुस (खर) को छानाबाट पक्की घरसम्मको यात्रालाई सार्थक बनाउने उद्देश्यले सांसद पटेलले मदन भण्डारी आवास कार्यक्रम र जनता आवास कार्यक्रममार्फत थुप्रै घरबिहिन परिवारलाई राहत पुर्याउँदै आएका छन् ।

सांसद पटेलले बताएअनुसार, “सुरक्षित आवास सबै नागरिकको आधारभूत आवश्यकता हो । यो कार्यक्रमबाट थोरै मात्रै गर्न सकिएको छ, तर भविष्यमा अझ धेरै लाभान्वित गर्न सकियोस् भन्ने हाम्रो दृढ इच्छाशक्ति छ ।”

मधेस प्रदेश सरकारअन्तर्गतको भाैतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालनमा रहेका यी कार्यक्रमहरू अहिले जिल्लाको विभिन्न ठाउँमा कार्यान्वयनमा छन् ।
मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत: बौधिमाइ नगरपालिका–४, इनरवारीमा २ वटा घर निर्माण,परोहा नगरपालिका–४, लौकाहा–पोखरियामा ३ वटा घर निर्माण,परोहा नगरपालिका–१, जिंगड्वामा १ वटा घर निर्माण भइरहेको छ ।
त्यसैगरी, दलित जनता आवास कार्यक्रम अन्तर्गत:बौधिमाइ नगरपालिका–१, अजगैबीमा ५ वटा दलित समुदायका घर निर्माण कार्य जारी छ ।
स्थानीयबासीहरूले प्रदेश सांसद पटेलको सक्रियता र सामाजिक सरोकारप्रतिको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूका अनुसार, “पहिले खरको छानो मुनि बस्न बाध्य थियौं, अब आफ्नै पक्की घर बन्ने आशाले भविष्य सुरक्षित भएको महसुस भइरहेको छ ।”
प्रदेश सांसद पटेलले आवास निर्माण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारसँग निरन्तर समन्वय गरिरहनुभएको छ भने आगामी दिनमा अन्य वडाहरूमा पनि यो कार्यक्रम विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।साभार:स्थानीय पोष्ट साप्ताहिक

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*