Breaking News
छिन–छिनमै बत्ती जाने समस्याले कटहरिया क्षेत्रका सेवाग्राही हैरान, छिटो समाधानको माग

छिन–छिनमै बत्ती जाने समस्याले कटहरिया क्षेत्रका सेवाग्राही हैरान, छिटो समाधानको माग

चन्दन यादव,कटहरिया जेठ २५ गते।
रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत पर्ने कटहरिया क्षेत्रमा छिन–छिनमै बत्ती जाने समस्या विकराल बन्दै गएको छ । लगातारको विद्युत अवरोधले स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू दैनिक जनजीवनमा हैरानी खेप्न बाध्य भएका छन् ।
सेवाग्राहीहरूका अनुसार दिनको समयमा पटक–पटक बत्ती जाने तथा बेलुका समय झनै अनियमित रुपमा विद्युत आपूर्ति हुने समस्या सामान्यजस्तै बनेको छ। यसले गर्दा पठन–पाठन, घरायसी कामकाजदेखि लिएर साना उद्योग र व्यवसायहरूमा प्रतिकूल असर परेको स्थानीयको गुनासो छ।
“बिजुली नहुँदा न त मोबाइल चार्ज गर्न पाइन्छ, न त इन्टरनेट चल्छ, बच्चाहरूको पढाइमा त झनै असर परेको छ,” कटहरियाका एक स्थानीयवासीले गुनासो गर्दै भने।

यस समस्याले दैनिक जीवनमा व्यापक असर पारिरहेकाले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रलाई समस्या तत्काल समाधान गर्न स्थानीय बासिन्दाहरूले आग्रह गरेका छन् । विद्युत अवरोधको कारण, समय तालिकाबिना हुने लोडसेडिङ, वा प्रविधिक गडबडी हो वा अन्य समस्या भन्नेबारे प्राधिकरणले हालसम्म स्पष्ट जानकारी गराएको छैन ।
यस क्षेत्रका जनताले आफ्नो समस्याको सम्बोधन चाँडै गरिने विश्वास गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*