Breaking News
कटहरियाको पानीट्यांकी बन्द,उपभोक्ता  मिनरल वाटर किनेर पिउन बाध्य

कटहरियाको पानीट्यांकी बन्द,उपभोक्ता  मिनरल वाटर किनेर पिउन बाध्य

आरके श्रीवास्तव,कटहरिया,जेठ २५ गते।
रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित पानीट्यांकी करिब दुई हप्तादेखि सुक्खा बनेपछि स्थानीय बासिन्दा शुद्ध पिउने पानीबाट बञ्चित भएका छन् । नियमित रूपमा पानी आपूर्ति हुने ट्यांकीमा अचानक पानी आउन छाडेपछि सर्वसाधारणले दैनिक जिवनयापनमा ठूलो कठिनाइ झेलिरहेका छन् ।
पानी नआएपछि स्थानीयहरू बजारबाट महँगो मूल्यमा मिनरल वाटर किनेर पिउन बाध्य भएका छन् । दैनिक खर्च धान्नै हम्मे हुने अवस्थामा महँगो पानी किन्नु अधिकांशका लागि बोझ बनेको छ । “पिउनलायक पानी नै छैन् । दिनदिनै २० लिटरको जार किनेर पिउनुपर्ने बाध्यता छ,” स्थानीय बासिन्दा रविन्द्र प्रजापतिले बताए।
स्थानियबासीले पटकपटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि समाधान नआएको गुनासो छ । “हामीले गुनासो त गरेका हौँ, तर अहिलेसम्म कसैले केही चासो देखाएको छैन,” अर्की स्थानीय गृहिणी पुनम देवीले भनिन् ।

यो समस्या समाधान गर्न सम्बन्धित निकायले तुरुन्त पहल नगरे नगरवासीको जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने विज्ञहरू बताउँछन् । एकातिर मनसुन सुरु हुनै लागेको बेला सफा पानीको अभावले जलजन्य रोग फैलिने सम्भावना बढेको छ ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

<span;>अबको प्रमुख माग भनेको पानीट्यांकीको तत्काल मर्मत तथा नियमित आपूर्ति हो । स्थानीयहरू पानी पिउन अधिकार माग्दै नगरपालिका समक्ष दबाब दिन तयारी गरिरहेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*