Breaking News
गुजरामा नयाँ प्रमुुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहलाई भव्य स्वागत

गुजरामा नयाँ प्रमुुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहलाई भव्य स्वागत

आरएन पटेल
रौतहट, असार ०१ गते २०८२।
रौतहटको गुजरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा डा. श्रवण कुमार साह हाजिर भएकाे छ । आइतबार एक कार्यक्रमकाे बिच गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी र नगर उप प्रमुख रत्न लामाले  कार्यालय प्रमुखको रुपमा उप सचिव डा. श्रवण कुमार साहलाई टीका माला लगाई कार्यालयमा स्वागत गर्नु भएकाे हाे ।
पदभार ग्रहण गर्दै कार्यालय प्रमुख साहले पालिका कार्यालय प्रमुख बिहीन बनेको अवस्थामा सर्वसाधारणहरुले खेप्दै आएको विभिन्न समस्याहरुको छिटै समाधान लगायत नगर कार्यपालिकाको सम्पूर्ण कामकाज समयमै सञ्चालन गरिने बताएका छन । यसभन्दा अगाडी समान्य प्रशासन मन्त्रालयबाट कार्यालय प्रमुखको रुपमा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई खटाएका थिए । केही समय पहिला ढकाल अन्यत्र सरुवा भएपछि गुजरा नगरपालिका हाकिम बिहीन भएको थियो।
पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक लगायत विभिन्न कार्य गर्न अपठ्यारो भइरहेको बेला नगर प्रमुख चौधरीले पालिकामा नयाँ हाकिमको रुपमा उहाँलाई हाजिर गराई कार्यभार सुम्पेका छन। साथै नगर प्रमुख चौधरी र उप प्रमुख लामाले उप सचिव साहलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*