Breaking News
करैयामाई युवा समाजको आयोजनामा प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

करैयामाई युवा समाजको आयोजनामा प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दिपेन्द्र जयसवाल,बारा, असार ०१ गते २०८२।
बाराको करैयामाई गाँउपालिका वार्डा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत सिहोर्वामा करैयामाई युवा समाजको आयोजनामा प्रथम हाजिरी जवाफ प्रतियोगिता साम्पन्न भएको छ।बाराको विभिन्न गाउँपालिका अन्तर्गत संचालनमा रहेको विभिन्न ७ वटा सामुदायिक विधालयलाई सहभागी गरएर  सम्पन्न भएको उक्त प्रतिगोगिता श्री गम्भीरा व्रजकिशोर मा वि प्रथम स्थान प्राप्त गर्न सफल भएको छ।त्यस्तै गरि द्वितीय स्थानमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहर रहेको थियो भने श्री भोला माध्यमिक विद्यालय गंभवानीपुर तृतिय स्थान प्राप्त गर्न सफल भएको हो।सहभागी हुने बाकी  विधालयहरूमा श्री जन सामुदायिक विद्यालय मधुवन हरैया,श्री जनता माध्यमिक विधालय , ककडी प्रसौना,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटहर र श्री ब्रज किशोर गम्भिरा बृजकिशोर मा. वि . गडहल लगायतका विद्यालयहरू सहभागी भएका थिए।
ने क पा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्र बहादुर  श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव र उपाअध्यक्ष सुनैना कुमारी चौधरी रहनुभ‌एको थियो भने आयोजक संस्थाका अध्यक्ष चाँद बाबु अंसारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*