Breaking News
बाराको प्रसौनी गाउँपालिकाले प्रस्तुत गर्यो आ.ब. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम बजेट

बाराको प्रसौनी गाउँपालिकाले प्रस्तुत गर्यो आ.ब. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम बजेट

दिपेन्द्र जयसवाल
बारा, असार ०२ गते।
बाराको प्रसौनी गाउँपालिकाले मधेश प्रदेश सरकारले आफ्नो बजेट सार्वजानिक गरेको भोलिपल्ट अर्थात् आज सोमवार नै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेको छ।
प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोद प्रसाद जयसवालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट गाउँपालिका नै एक कार्यक्रमको आयोजना गरी सोमबार प्रस्तुत गरेका छन्। गाउँपालिका अध्यक्ष जयसवालले आ. ब. को लागि रु ४१ करोड १ लाखको बजेट सार्वजानिक गरेका छन्।
उक्त बजेट सार्वजानिक गर्दै गाउँपालिका अध्यक्ष जयसवालले बिगत झै आगामी वर्षमा समेत विकास कार्यलाई टोलटोलसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका छन्।
उनले आगामी वर्षलाई ‘व्यवस्थित पूर्वाधार, समावेशी विकास र पारदर्शी प्रशासन’ को आधार बनाएर अघि बढ्ने जनाएका हुन ।
गाँउसभामा बोल्दै गाउँपालिका अध्यक्ष जयसवालले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, रोजगार , सामाजिक सुरक्षा जस्ता प्राथमिक क्षेत्रहरूमा विशेष जोड दिइएको बताएका छन । साथै जनताले सरकारलाई नजिकबाट महसुस गर्न सकुन् भन्ने उद्देश्यले प्रत्येक टोलमा सन्तुलित विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।
उक्त गाउँसभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देबी ,प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसाद , लेखाअधिकृत प्रेम बाबु पटेल ,वडा नम्बर १ देखि वडा नम्बर ७ सम्मका सम्पुर्ण  वडा अध्यक्ष, वडा सदस्य ,सम्पुर्ण गाँउ कार्यपालिका सदस्यहरु  लगायत गाउँ सभा सदस्यहरु राजनितिक दलको प्रतिविधिहरु कर्मचारी , समाजसेवी,संञ्चारकर्मी , सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो। भने कार्यक्रमको सँचालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गर्नु भएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*