रौतहट,असार ३ गते २०८२।
गुजराको विशेष नगर सभाबाट सामान्य प्रशासन मन्त्रालयको कार्यप्रति खेद प्रस्ताव पारित गरिएको छ।रौतहट जिल्लाको गुजरा नगरपालिकाको कार्यालयले मंगलबार नगर सभाको बिशेष बैठक बोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कार्यप्रति आपत्ति जनाउदै खेद प्रस्ताव पारित गरेको हो। हाजिर भएकै दिन पालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कार्यप्रति खेद प्रस्ताव पारित गरेको छ । लामो समयपछि प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साह पालिकामा हाजिर भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई चन्द्रपुर नगरपालिकामा सरुवा गरेपछि गुजरा नगरपालिकाको मङ्गलबार बसेको विशेष नगरसभाले मन्त्रालय प्रतिखेद प्रस्ताव पारित गर्दै अविलम्ब प्रमुख प्रशासकीय अधिकृत खटाउन अनुरोध गरेको छ । आर्थिक बर्षको अन्त्यमा खटाइएको पालिका प्रमुखलाई सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृत विहीन बनाउनु बिकास निर्माण लगायतका कार्य प्रभावित हुने भएकाले मन्त्रालयले अविलम्ब खटाउनु पर्ने नगरप्रमुख सन्तलाल चौधरीले बताए ।
२०८२ वैशाख २१ गतेदेखि प्रमुख प्रशासकीय अधिकत बिहिन रहेको गुजरा नगरपालिकामा ०८२ जेष्ठ ११ गते श्रबण कुमार साहलाई प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारीमा खटाइएपनि ०८२ असाढ १ गते मात्रै हाजिर भएका उनको तर सोही दिन मन्त्रालयले चन्द्रपुर नगरपालिकामा सरुवा गरेपछि त्यही दिन रमाना लिएर चन्द्रपुर नगरपालिकामा हाजिर भएपछि गुजरा नगरपालिका पुन प्रमुख प्रशासकीय अधिकृत बनेको हो । आर्थिक बर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाई नगरको विकासमा अवरोध पुराएकोमा मन्त्रालयको कार्यप्रति नगरबिषेश सभाले खेद प्रस्ताव पारित गरेको नगरप्रमुख चौधरीले बताए।
मन्त्रालयको गैरजिम्मेबार कार्य भन्दै पालिकाले खेद प्रस्ताव पारित गरेको सम्भबत गुजरा नगरपालिकाको पहिलो हो । नगरसभाको विशेष सभाको निर्णयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउँदै अविलम्ब नयाँ प्रशासकीय प्रमुख खटाउन माग गरेको छ।

Sthaniya News
