Breaking News
बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न 

बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न 

बारा,असार ०४ गते २०८२। 
बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ को निति, कार्यक्रम तथा बजेट अधिवेशन सम्पन्न गरेको हो। गाउँपालिकाकाे सभाकक्षमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । यस वर्ष पालिकाले जनमुखी योजना ल्याएकाे छ।

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा विशिष्ट अतिथिकाे रूपमा उपाध्यक्ष सुनैना कुमारी चाैधरी रहेकी थिईन। गाउँपालिकाले १७ औं गाउँसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । गाउँपालिकाले गाउँकार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४३ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर साे गाउँपालिकाले निर्धारित समय अगाडि नै गाउँसभा गरेको हाे । धेरै उत्साहका साथ सम्पन्न भएकाे गाउँसभाबाट करैयामाई गाउँपालिकाले जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।

गाउँपालिकाकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँकाे बजेट पारित गरिएकाे प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महताेले जानकारी गराएका हुन् ।
यस वर्ष शिक्षा, स्वास्थ्य,कृषि,भौतिक पुर्वाधार निर्माण कार्य लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको बताइएको हाे ।
कार्यक्रममा गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्ष सोनालाल साह वडा नम्बर २ को वडा अध्यक्ष सुरेन्द्र चौधरी वडा नम्बर ३ को वडा अध्यक्ष प्रशुराम प्रसाद यादव वडा नन्बर ४ को वडा अध्यक्ष एकलाख बाबु अंसारी वडा नम्बर ५ को वडा अध्यक्ष उमेश प्रसाद चौधरी, वडा नम्बर ६ को वडाअध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ७ को वडा अध्यक्ष बृज चौधरी, वडा नम्बर ८ को वडाअध्यक्ष दिनेश चौधरी, प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो, गाँउकार्यपालिका सदस्य सरेन्द्र प्रसाद साह,  गाँउपालिकामा कार्यरत विभिन्न शाखाको शाखा प्रमुखहरु, गाँउ सभा सदस्यहरु, कर्मचारी, राजनितिक दलको प्रतिनिधिहरु, सुरक्षाकर्मी, संञ्चारकर्मी सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*