दिपेन्द्र जयसवाल, बारा, असार ५ गते।
बाराको महागढीमाई नगरपालिका बरियारपुर पूर्ण खोप सुनिश्चता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगर स्वास्थ्य समिती को संयोक एवम् वडा नम्बर २ को वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहाले महागढीमाई नगरपालिका लाई बैनर पढी सो पालिकालाई पुर्ण खोप घौषणा गर्नु भएको हो। सो कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको ऊक्त घोषणा सभामा वगर उपप्रमुख तारादेबी कानु नि.प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण साह जन सवास्थ अधिकृत बिजय प्रसाद कुशवाहा जिल्ला स्वास्थ्य कार्यालय बाराका जन स्वास्थ्य अधिकृत खुरसिद अहम्द शिक्षा प्रमुख राम बिश्वास चौरसिया क्षय रोग कार्यक्रंम संयोजक दिवाकर चौधरी नगरपालिकामा कार्यरत बिभिन्न शाखाको शाखा प्रमुखहरु कर्मचारी पालिका भित्र रहेका सबै स्वास्थ्य संस्था प्रमुख स्वास्थ्य चौकी प्रमुखहरु लगायत संचारकर्मीहरु को उपस्तिती रहेको थियो। कार्यक्रमको सञ्चालन जन स्वास्थ्य निरिक्षक मनोज चौरसियाले गर्नु भएको थियो।
Sthaniya News
