Breaking News
बौधिमाईको १० औं नगरसभामा लेखापाल यादव सम्मानित, ५१ सय नगदसहित प्रशंसा पत्र प्रदान

बौधिमाईको १० औं नगरसभामा लेखापाल यादव सम्मानित, ५१ सय नगदसहित प्रशंसा पत्र प्रदान

रौतहट, असार ६ गते २०८२।
रौतहट जिल्लाको पश्चिमी क्षेत्रस्थित बौधिमाई नगरपालिकाको सरमुजवामा आज सम्पन्न दशौँ नगरसभा विशेष गरिमामय वातावरणमा सम्पन्न भयो। उक्त नगरसभामा नगरपालिकाले दक्ष, इमानदार र जिम्मेवार सेवाप्रवाहका लागि लेखापाल अरबिन्द कुमार यादवलाई प्रशंसा पत्र तथा ५,१०० रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ।

नियमित प्रशासनिक कार्यमा निष्ठा, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखी सेवा गर्दै आएका यादवले नगरपालिकाको आर्थिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनको सेवा भाव, लगनशीलता र कार्यप्रति समर्पणलाई कदर गर्दै नगर प्रमुख प्रदीप यादव र दशौँ नगरसभाका प्रमुख अतिथि, मधेस प्रदेशसभा सदस्य माननीय जयचन पटेलले संयुक्त रूपमा प्रशंसा पत्र तथा नगद राशिको सम्मान प्रदान गरे।

कार्यक्रममा नगरसभा अध्यक्ष तथा प्रमुख यादवले लेखापाल यादवजस्ता कर्मनिष्ठ कर्मचारीहरू नै संस्थागत सुशासन र विकासको आधार रहेको बताउँदै यस्ता प्रेरणादायी योगदानहरूलाई समय समयमा कदर गरिनुपर्ने आवश्यकता औंल्याए।

नगरपालिकाको यो सम्मानले प्रशासनिक क्षेत्रमा सेवा दिइरहेका अन्य कर्मचारीहरूलाई पनि निष्ठा र उत्कृष्टताको बाटोमा प्रेरित गर्ने विश्वास लिइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*