रौतहट,असार ०७ गते ।
रौतहट जिल्लाको गढीमाई नगरपालिकाको १२औं नगरसभा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। पालिकाले नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै करिब ५५ करोड बजेट पारित हो।
शनिबार पालिकाको सभा हलमा सभ्य एवं भव्य रुपमा १२औं नगर सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५४ करोड ९१ लाख ७२ हजार १ सय ८ रुपैया बजेट पारित गरिएको छ।
पुँजिगत खर्चतर्फ रु १९ करोड १५ लाख ४९ हजार र चालु खर्चतर्फ रु ३५ करोड ७६ लाख २३ हजार १ सय ८ रुपैया विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादवको प्रमुख आतिथ्यमा तथा नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा नगर सभाको अधिवेशन सम्पन्न भएको हो। सभामा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता क्षेत्रमा बजेट केन्द्रित गरिएको नगरपालिकाले जानकारी दिएको छ।
नगर प्रमुख यादवले आगामी वर्षमा नगरका विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सबै जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूलाई सहकार्यका लागि आग्रह गरे।
सम्पन्न नगर सभा अधिवेशनमा नगर उप प्रमुख स्मिता कुमारी यादव , वडा नं. १ देखी ९ सम्मका वडा वडाध्यक्ष , वडा सदस्य नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, विभिन्न पार्टीका प्रतिनिधिहरु, पत्रकार, सञ्चारकर्मी लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
Sthaniya News
