सागर संगम ठाकुर, रौतहट, असार ०८ गते।
रौतहटकाे श्री जय किसान नमुना माध्यमिक बिद्यालय धरहरीमा कक्षा ९ र १२ का विधार्थीहरुलाइ टी -सर्ट बितरण गरिएकाे छ। देवाही गाेनाही नगरपालिका-९ धरहरी स्थित रहेको नमुना माबिका कक्षा ९ र १२ मा प्राबिधिक धार तर्फका अध्ययनरत छात्रछात्राहरुलाई स्कुल पोसाक टि-सर्ट वितरण गरिएको हाे ।

साेमबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष वीर बहादुर साहले विद्यालयमा अध्ययनरत १ सय २० जना विद्यार्थीलाई आर्थिक वर्ष २०८१/८२ बिद्यालयकाे आन्तरिक श्राेतबाट स्कुल पोसाक टि-सर्ट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक संजय प्रसादले जानकारी दिए । प्राविधिक धारतर्फका प्रत्येक विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले स्कुल पोसाक टि-सर्ट वितरण गरिएको प्र.अ.गुप्तले बताए । विद्यार्थीहरुलाई स्कुल पोसाक शैक्षिक सुधारको एक अंश भएकोले यस विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका प्राबिधिक धार तर्फका सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले स्कुल पोसाक वितरण गरिएको वडाध्य साहले बताए ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामन्नदन साह र शिक्षक शिक्षिकाहरुकाे समेत उपस्थिति रहेको थियो ।
Sthaniya News
