रौतहट ,असार ९ गते।
रौतहट जिल्लाको गौर नगरपालिकाको १६ औं नगरसभा भव्यताका सम्पन्न भएको छ। सोमबार नगरपालिकाको प्रांगनमा सभा अध्यक्ष नगर प्रमुख शम्भु साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाको १६ औं अधिवेशन सम्पन्न गरेका हुन।
सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६१ करोड १५ लाख ९७ हजार २ सय ६१ रुपैयाँको बजेट प्रस्तुत गर्दै नगरसभाबाट सर्वसहम्मत पारित गरिएको छ।
नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ। हाम्रो अभियान समृधी , विकास र गौर नगरपालिका श्रेष्ठ पहिचानको नाराले गौर नगरपालिका यश पाली नगर सभा सम्पन्न गरिएको छ ।
राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको बताए ।
युवा , शिक्षा तथा खेलकुद , आधारभूत स्वास्थ्य , कृषि तथा पशुपन्छी , रोजगार र पर्यटन , वातावरण तथा बिपद ब्यवस्थापन , पुर्वाधार , शहरी बिकास तथा भवन निर्माण , खानेपानी तथा सरसफाइ , महिला , बालबालिका त् जेष्ठ नागरिक , सहकारी तथा संघ संस्था , कानुन तथा न्याय , सार्वजनिक सेवा , सुशासन र क्षमता बिकास , राजस्व तथा वित्त ब्यवस्थापन आगामी आर्थिक वर्ष २०८२/२०८३ को क्षेत्रगत निति तथा कार्यक्रम ल्याएको नगर प्रमुख शम्भु साहले बताएका छन् ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , उप नगर प्रमुख शैलदेवि , सो नगरका सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
Sthaniya News
