सर्लाही, असार २३ गते २०८२।
सर्लाहीको हरिवन नगरपालिकाको नगर प्रमुखलाई शिक्षकहरूले ज्ञापनपत्र बुझाएका छन। विद्यालयको कार्यालय सहयोगी, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलबमान संघीय सरकारले दिएको रकममा थप गरी नगरपालिकाले दिनुपर्ने माग सहित शिक्षकहरुले संयुक्त रुपमा सोमबार हरिवन नपाका नगर प्रमुख श्री कमल बुढाथोकीलाई ज्ञापनपत्र बुझाईएको हो।
एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिवन नगर समिति सर्लाहीको अगुवाइमा शिक्षकहरूको माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएका छन्।

समितिका अध्यक्ष श्री राम विश्वास कुशवाहाले ज्ञापनपत्र वाचन गरी नगर प्रमुख श्री कमल बुढाथोकी (रमेश), शिक्षा उपसचिव श्री हरिप्रसाद दाहाल र शिक्षा अधिकृत श्री रुपेश चोलागाईलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाईएको हो।

शिक्षकहरूको तर्फबाट मधेस प्रदेश समितिका सचिव श्रीकुमार स्याङतन, वरिष्ठ शिक्षक नेता श्री हरिप्रसाद सापकोटा, शिक्षक नेता श्री कामेश्वर राय, बाल विकास नेत्री डिना श्रेष्ठ लगायत अधिक सङ्ख्यामा बालविकास सहजकर्ताहरू लगायत पीडित शिक्षकहरूको उपस्थिति थिए।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको २०८२ अषाढ २१ गते शनिबार बसेको बैठकमा प्रस्ताव नम्बर ३ बमोजिम कार्यालय सहयोगी, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलबमान संघीय सरकारले दिएको रकममा थप गरी नगरपालिकाको कोषबाट मासिक जम्मा २८०००/-(अठाइस हजार) तलबमान माग गर्ने भनी ज्ञापनपत्र बुझाउने निर्णय बमोजिम अध्यक्ष कुशवाहाको हातबाट ज्ञापनपत्र बुझाइएको हो।
Sthaniya News
