Breaking News
बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक

बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक

आरएन पटेल, साउन १४ गते।
रौतहटको बौधिमाई नगरपालिका वडा नं. ७ बंकुल वडा कार्यालयमा चोरी भएको छ। नगरपालिकाको वार्ड न.७ ठुलो बंकुल जाने बाटो बम नहर सड़क खण्डमा रहेको बंकुल वडा कार्यालयमा मंगलबार राति कार्यालयको ताल्चा फुटाई चोरहरुले विधुतिय हाजिरी मेसिनमा क्षति पुर्याउनुको साथै कनेक्सन काटि कार्यालय भित्रका विभिन्न सामग्रीहरु चोरी गरेर लगेका छन।

चोरी भएको सामग्रिहरुमा इन्भर्टर १ थान, इन्भर्टरका बैट्रि २ थान, चार्ज गर्ने चार्जरका साथै ९ वटा कुर्सी सहित फर्निचर र कार्यालय सञ्चालनका विभिन्न सामग्रिहरुमा क्षति पुर्याइएको वडा सचिव शिवचन्द्र प्रसाद साहले बताएका छन।
प्रहरी चौकीको बगलमै रहेको वडा कार्यालयमा चोरी हुनु दुर्भाग्यपूर्ण कुरा रहेको स्थानीयहरूको भनाई रहेको छ। साथै पालिकाको केन्द्र तथा कार्यालय भवन रहेको बंकुल बजार सरकारी कार्यालयमा चोरी हुनु र छेउमै रहेको प्रहरी चौकी मुख दर्शक बन्नू आपत्ति जनक कुरा रहेको स्थानीयहरुले गुनासो गरेका छन।
वडाका सम्पूर्ण सेवाग्राही तथा सर्वसाधारणहरूको सेवाको रुपमा संचालित वार्ड कार्यालय जहा दैनिक ५० औं जनाले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, विदेश जाने कागजात, मुचुल्का, नागरिकता सिफारिस लगायतका कार्य गर्ने यस्ता सरकारी कार्यालयको उपकरण नै चोरी गरि सेवाग्राहीलाई थप पीड़ा दिने कार्य राजनीतिक षड़यंत्र बाहेक अरु केहि नभएको वडा अध्यक्ष नरेन्द्र प्रसाद सिन्हाले बताएका हुन। आफु उपचारको क्रममा बाहिर रहेको बेला षडयंत्रकारीहरूले यस्तो कदम चालेको उनले बताए ।
यस विषयमा प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक संजय सिंह संग कुरा गर्दा वडा अध्यक्षले आफुलाई बुधवार बिहान करिब १० बजे फोन गरेर जानकारी दिएको तथा घटनाको टिपोट गर्न जादा करिब २/३ बजेको समयमा कार्यालय भन्दा उत्तर साइड नहरको बगलमा इन्भर्टर तथा इन्भर्टरका बैट्री फालिएको अवस्थामा फेला परेको बताए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*