आरएन पटेल , रौतहट, साउन १७ गते।
रौतहटको बौधिमाई नगरपालिका–२ मा वडा सदस्य मुकेश प्रसाद जैसवारलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको छ। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल धार्मिक भ्रमणका सिलसिलामा भारत प्रस्थान गरेकाले, साउन १८ गतेदेखि कार्यालयमा हाजिर नभएसम्मको लागि जैसवारलाई कार्यबाहक तोकिएको हो।

वडा अध्यक्ष पटेलद्वारा हस्ताक्षरित निर्णयपत्रमा उल्लेख गरिएको छ कि “धार्मिक भ्रमणको क्रममा भारत जानु पर्ने भएकाले मुकेश प्रसाद जैसवारलाई मिति २०८१/०४/१८ गतेदेखि नआउन्जेलसम्म कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको छ।”
साथै, सो निर्णय पत्र बौधिमाई नगरपालिकाको कार्यालय सरमुजवा र जिल्ला प्रशासन कार्यालय, गौरमा बोधार्थ गराइएको छ।

वडा कार्यालयका अनुसार यो अस्थायी व्यवस्था सेवा प्रवाहलाई निरन्तरता दिनका लागि गरिएको हो, जसले वडा वासीलाइ कुनै अवरोध नहुने गरी सेवा उपलब्ध गराउने सुनिश्चितता गर्दछ। यस निर्णयले वडाका सम्पूर्ण वडाबासिहरुलाई नियमित सेवा प्रवाहमा कुनै अवरोध नहुने देखिएको छ।

Sthaniya News
