Breaking News
फतुवा विजयपुर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण

फतुवा विजयपुर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण

आरएन पटेल,राैतहट,साउन १५ गते।
राैतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण गरिएको छ । बिहीबार पालिकाको वडा नं. १० दुधियवाका सम्पूर्ण गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो।
स्वास्थ्य मन्त्रालय, मधेस प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयको सहयोगमा कुपोषणको जोखिममा रहेका महिलालाई प्रत्यक्ष राहत स्वरूप पोषण सामग्री वितरण गरिएको हो ।


कार्यक्रममा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले “स्वस्थ आमा नै समृद्ध समाजको आधार हो” भन्दै मातृ तथा शिशु स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारको पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रदेश सांसद प्रत्यासी शेख सेराजले मातृ स्वास्थ्यलाई बलियो बनाउने यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउँदै, स्वास्थ्य क्षेत्रमा अझ बढी बजेट र योजनाहरू ल्याउनुपर्ने धारणा राख्नुभयो ।


वडा नम्बर १० दूधियवाका वडा अध्यक्ष मञ्जय चौधरीले गर्भवती र सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्यान्न वितरणले ठुलो राहत मिल्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कुपोषणबाट बच्न एवं मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकताका साथ सञ्चालन गरिएको उक्त कार्यक्रमले सम्पूर्ण सेवाग्राहीहरु खुशी व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*