बारा, साउन १६ गते ।
बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगरपालिकाले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरूले नगर सरकारलाई धन्यबाद पनि दिएका छना स्थानीय किसान विजय पटेलका अनुसार सिंचाई सञ्चालन भएपछि धान गहुँ मसुरी र तरकारी खेति गरेर किसानको आम्दानी बढ्ने भएकाले बाँध निर्माण कार्य शुरू भएपछि दक्षिणी भेगका किसान निकै खुसी भएका हुन ।

आदर्श कोतवाल गाउँपालिका अन्तर्गतपर्ने जमुनी नदीमा बाँध निर्माण भएपछि पचरौताका करिब २५ गाउँमा सिंचाई सुविधा पुग्ने बताइएको छ। वर्षाको आसमा किसान निरास भएपछि नगर प्रमुख जलन्धर सिंहले बाँध निर्माणका लागि पहल गरेका हुन् ।
बाँध निर्माण कार्य तादरूकताका साथ गर्न नगरप्रमुख आफैँ निर्माण स्थलमा पुगेका थिए। नगरप्रमुख सिंहले तीन चार दिनभित्रमा सम्पन्न गर्नेगरी काम भइरहेको बताए । बाँध निर्माणबाट पचरौताका ३,४,५,६,७र ८ नम्बर वडाका पन्द्र सय भन्दा गाउँपालिका र सिम्रौनगढ नगरपालिकाका केही किसानहरू पनि सिंचाई गरेर लाभान्वित हुने उहाँले बताउनुभयो ।
जमुनी नदीमा चुरे जङगलबाट आउने पानी खेतमा गएपछि थोरै रसायनिक मल प्रयोग गर्दा पनि राम्रो उत्पादन हुने भएकाले दक्षिणी भेगका किसानका लागि जमुनी बाँध निर्माणले निकै उपलब्धि हुने अकां स्थानीय कृषक कमरूद्दीन अंसारीले खुसी व्यक्त गरे।
बाँध निर्माण कार्य स्थलमा नगर प्रमुख सँगै उपनगर प्रमुख नसीमा बसन्त राज जोशी, पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, विनय सिंह, गगनदेव प्रसाद यादव, वडा सदस्यहरू, समाजसेवी नेवाजी मियाँ अंसारी, प्रभु ठाकुर, भैया राम सहनी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
ट्रान्सफरर्मर जडान
महिनौदेखि ट्रान्सफर्मर बिग्रिएर बिजुलीको समस्या भोगिरहेका बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बेलदारीवासीका लागि नयाँ ट्रान्सफर्मर जडान भएसँगै खुसी फर्किएको छ।

Sthaniya News
