Breaking News
बागमती नदीको बाँध कटानले गाउँ त्रसित, डुबानको उच्च जोखिम

बागमती नदीको बाँध कटानले गाउँ त्रसित, डुबानको उच्च जोखिम

रौतहट, साउन १९ गते।

बागमती नदीको कटान र कमजोर बाँध व्यवस्थापनका कारण रौतहटको राजदेवी नगरपालिका वडा नं ९ स्थित ब्रहमपुरी टोल लगायतका बस्तीहरूमा डुबानको गम्भीर खतरा उत्पन्न भएको छ।
गत वर्ष यसै क्षेत्रको काली मन्दिर नजिक बागमतीले बाँध कटान गरेपछि पनि समयमै मर्मत र व्यवस्थापन हुन नसकेकोले यो वर्ष पुनः वर्षायाममा जोखिम अत्यधिक बढेको हो। स्थानीयहरूका अनुसार लगातारको वर्षा भएसँगै नदीको बहाव तीव्र बन्न थालेको छ भने बाँधको अवस्था अझै कमजोर देखिन्छ।

विशेषगरी ब्रहमपुरी, लक्ष्मीपुर, बेलबिछवा लगायतका क्षेत्र डुबानको उच्च सम्भावनामा रहेको स्थानीय बासिन्दाहरू बताउँछन्। यदि आगामी दिनमा बागमतीमा थप पानीको बहाव बढ्यो भने गौर नगरपालिकाका समेत धेरैजसो बस्तीहरू डुबानमा पर्ने प्रबल सम्भावना छ।

स्थानीयहरूले तत्काल बाँधको मर्मत, थप सुरक्षा व्यवस्थापन र दीर्घकालीन समाधानको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यद्यपि अहिलेसम्म कुनै ठोस कदम नचालिएकोप्रति उनीहरू चिन्तित छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*