Breaking News
रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

आरएन पटेल,राैतहट,भदौ २४ गते ।
रौतहट जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्काको आदेशमा मिति २०८२ साल भदौ २४ गते दिउँसो ३:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र सर्वसाधारणले कुनै किसिमको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका क्रियाकलाप गर्न नपाउनेछ ।


प्रमुख जिल्ला अधिकारी खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जिल्लाको शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश आवश्यक भएको छ।”
कर्फ्यू अवधिमा अत्यावश्यक सेवामा संलग्न सवारीसाधन तथा व्यक्तिहरूलाई भने सुरक्षाकर्मीको सहजीकरणमा आवागमन गर्न छुट दिइनेछ । ती सेवामा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी तथा हवाई यात्रुहरू (हवाई टिकटको आधारमा) परेका छन् ।
स्थानीय प्रशासनले नागरिकहरूलाई आदेशको पालना गरी शान्ति र सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*