Breaking News
जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने

जेन जी आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढ्ने

काठमाण्डौ, भदौ २४ गते।
जेन जी आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक ढंगले अघि बढ्ने स्पष्ट पारेका छन्।
उनले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, प्राप्त सूचनाअनुसार केही तत्वहरूले आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेको भन्दै त्यस्ता गतिविधिहरू आन्दोलनसँग कुनै सरोकार नराख्ने चेतावनी दिए। विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन। लुटपाट हाम्रो आन्दोलनको हिस्सा कहिल्यै होइन।”
आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढाउनका लागि यादवले जेन जीका साथीहरू र आम राष्ट्रवादी नागरिकलाई सचेत रहनुका साथै समाजमा सचेतना फैलाउन आग्रह गरेका छन्।
उनका अनुसार भोलिदेखि सम्बन्धित पक्षसँग वार्ता गर्ने चरण सुरु हुँदैछ र धेरै साथीहरू क्रमशः घर फर्किसकेको जानकारी पनि दिइएको छ।
यादवले आन्दोलनलाई असफल बनाउन खोज्ने प्रयासहरू असफल हुने दाबी गर्दै सबैलाई धैर्य, शान्ति र अनुशासनका साथ अघि बढ्न आह्वान गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*