आरएन पटेल,रौतहट,भदाै ३० गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा जेन जी आन्दोलनको क्रममा लुटिएको सामग्री फिर्ता गर्न नगरपालिकाको कार्यालयले सूचना जारी गरेको छ। देशभर फैलिएको जेन जि आन्दोलनको प्रभाव रौतहटको फतुवा विजयपुर नगरपालिकासम्म पुगेको थियो ।

प्रदर्शनकै क्रममा केही अज्ञात व्यक्तिहरुले नगरपालिकाबाट विभिन्न सामान लुटपाट गरी लगेको नगरपालिकाले जनाएको छ।
यस सम्बन्धमा नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ती सामानहरु नगरपालिकाकाे कार्यालयमा ७२ घण्टा अर्थात् ३ दिनभित्र बुझाउन आग्रह गरेको छ ।
साथै, ती सामान बुझाउन ढिलाइ भएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ। नगरपालिकाका अधिकारीहरूले सामाजिक सञ्जालमा समेत सामान हराएको दृश्य देखिएको र यो घटनाले स्थानीय प्रशासनलाई थप सतर्क बनाएको जानकारी दिएका छन्। सूचनामा उल्लेख भएअनुसार लुटपाट गर्ने वा संरक्षणका लागि लगिएका वस्तुहरू पाइएको खण्डमा तुरुन्त प्रहरी वा नगरपालिकामा जानकारी गराउन अपिल गरिएको छ। यो सूचना अधिकृत छैठौं हरेन्द्र राय यादव द्वारा जारी गरिएको हो भने हस्ताक्षर नगर प्रमुख भरत प्रसाद यादवले गरेका छन्।
यस घटनाबारे बोधार्थ जिल्ला प्रहरी कार्यालय गौर रौतहट तथा ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरलाई समेत पठाइएको छ। समयमा बुझाई नगरपालिकाले सहयोग गर्न समेत आग्रह गरेका छन्।
Sthaniya News
