Breaking News
परोहा नपामा जेनजी आन्दोलनबाट २१ लाखभन्दा बढीको क्षति, सोमबार देखि सेवा सुचारू

परोहा नपामा जेनजी आन्दोलनबाट २१ लाखभन्दा बढीको क्षति, सोमबार देखि सेवा सुचारू

मेवालाल यादव, भदौ ३१ गते।
जेनजी आन्दोलनका कारण एक सातादेखि अवरुद्ध रहेको परोहा नगरपालिकाको नियमित सेवा सोमबारदेखि पुनः सुचारू गरिएको छ। नगरपालिकाका नगरप्रमुख शेख वकिलले नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयलाई नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन्।
गत भदौ २४ गतेदेखि अवरुद्ध सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा ल्याउने निर्णय भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रौतहटको आग्रहमा नगरपालिकाले सेवा सञ्चालनमा ल्याएको हो।

नगरप्रमुख शेख वकिलका अनुसार, जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले परोहा नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। घटनामा एलइडी टिभी, स्मार्ट टिभी, जेनरेटर, कुर्सी, सम्पूर्ण झ्यालका सिसा, फ्लेक्स बोर्ड, फोहोर राख्ने डस्टबिन, पुराना टायर लगायतका सामग्री जलेर नष्ट भएको थियो।
नगर प्रमुखले करिब २१ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. महफुल अहमदले नागरिकलाई आवश्यक सेवा दिन कर्मचारीहरू जुटिरहेको बताए।
सुरक्षा निकायहरूको समन्वयमा पुनः सेवा सञ्चालन भएपछि स्थानीयवासीहरूले राहतको महसुस गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*