Breaking News
आन्दोलनको क्रममा गौर नगरपालिकामा ६७ लाख बराबरको क्षति:- मेयर साह

आन्दोलनको क्रममा गौर नगरपालिकामा ६७ लाख बराबरको क्षति:- मेयर साह

चन्दन कूमार महतो
रौतहट,भदौ ३१ गते।
जेन जी आन्दोलनको क्रममा गौर नगरपालिकामा ६७ लाख बराबरको क्षति भएको नगर प्रमुख शम्भू साहले बताए। जेनजी प्रदर्शनकारीहरुले गौर नगरपालिका कार्यालयमा आंशिक रुपमा तोडफोड सहित आगजनी गरेको थियो ।
प्रदर्शनकारीले फर्निचर, एलइडि टिभी, स्मार्ट टिभी, साउण्ड सिस्टम, सिसी टिभी लगायतका सामग्री जलाउनुको साथै पिकअप भ्यान, वारण यन्त्र लगायतमा क्षत पु्याएको थियो । कार्यालयको झ्यालको सिसा फुटाउनुको साथै प्रदर्शनकारीले गौर नगरपालका कार्यालयद्वारा बनाइएको प्रहरी बिट, गौर घण्टाघरमा निर्माण गरिएको बीपीको सालीक बत्ती हरू समेत
तोडफोड गरी जलाइएको छ ।
नगरप्रमुख साहका अनुसार प्रदर्शनकारीले आर्थिक वर्ष २०८१/ ०८२ को अन्तिम लेखा परीक्षणको लागि राखिएको अधिकांश कागजात जलाएको छ। महालेखा परीक्षकको कार्यालयबाट खटी आएको टोलीले गौर नगरपालिकामा लेखा परीक्षण सुरुवात गरेको भए पनि सम्पन्न भएको थिएन ।
साथै नगरपालिकाले सोमबार देखि नियमित रुपमा कामकाज सेवा सुचारू गरेको छ। गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले नगरपालिका कार्यालय, सबै वडा कार्यालयलाई स्थगित सेवा आजदेखि पुनः सुचारु गर्न निर्देशन दिएको जानकारी दिएका छन। जेनजीको आन्दोलनका कारण भदौ २४ देखि अवरुद्ध सेवा भदौ ३१ गतेदेखि नियमित रुपमा सञ्चालन हुन लागेको छ। मुलुकको विषम परिस्थितिका कारण अवरुद्ध सेवा प्रवाह सुरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। सोमबारदेखि नागरिकलाई आवश्यक सेवा दिनका लागि जु्टिरहेको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले बताए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*