Breaking News
शिवनगरमा विश्वकर्मा पूजाको भव्य समारोह सम्पन्न

शिवनगरमा विश्वकर्मा पूजाको भव्य समारोह सम्पन्न

आरएन पटेल
रौतहट, असोज ०१ गते।
रौतहटको गरुडा नगरपालिका – ५ पर्ने शिवनगर महादेव मन्दिर नजिक श्री विश्वकर्मा लोहार संघ नेपालद्वारा आयोजित भव्य पूजापाठ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष विवेक शर्माको नेतृत्वमा आयोजित सो कार्यक्रममा लोहार समुदायको एकता, चेतना र सामाजिक जागरणलाई झल्काउने विभिन्न गतिविधिहरू प्रस्तुत गरिएका थिए।


कार्यक्रमका प्रमुख अतिथि पूर्व वडा अध्यक्ष डा. बैधनाथ ठाकुर रहेका थिए भने गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवाल, मौलापुर नपाकी नगर प्रमुख रिना कुमारी साह, वडा अध्यक्ष रामबिनोद जयसवाल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई थप भव्य बनाएको थियो।
समाजप्रतिको उत्तरदायित्वलाई उदाहरणीय बनाउने उद्देश्यले संघले १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। साथै, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र आँखा परीक्षण शिविरसमेत सञ्चालन गरी स्थानीयहरूलाई प्रत्यक्ष लाभान्वित गरिएको थियो।
कार्यक्रममा संघको योगदानलाई उच्च मूल्याङ्कन गर्दै अतिथिहरूलाई सम्मान गरिएको थियो।
साथै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुप्रसिद्ध भोजपुरी लोकगायिका पूनम शर्माको भक्ति – भजनमय प्रस्तुतीले वातावरण अझ भक्तिमय बनेको थियो।

समारोहमा उपस्थित अधिकांश सहभागीहरूले यस्ता कार्यक्रमहरूले लोहार समुदायको एकता मात्र होइन, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र सकारात्मक ऊर्जा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*